Loading...
विद्यालयमा साइनवोर्ड पुरानै यथावत,विद्यार्थीलाई छात्रवृति नदिएको गुनासो

कैलाली, जेठ–१५
कैलाली को लम्कीचुहा नगरपालिका वडा न. १० तोरीपुरमा रहेको श्री सूर्योदय प्राथमिक विद्यालय को भित्तामा साबिक कै वडा नम्बर लेखिएको छ ।
साबिक वडा नं १४÷१५ मिलेर वडा नम्बर १० कायम भएको थियो । वडा न. १० कायम भएको करीब साढे दुई बर्ष पुरा भएपनि यस बिधालयको भित्तामा भने वडा नं १५ हटाईएको छैन । करिब असि बिधार्थी संख्या रहेको यस बिधालयमा सबै निजीस्रोतका शिक्षकहरु कार्यरत रहेका छन् ।
बिधालयले वडा नं १० कायम भएको बर्षौ बिति सक्दा पनि बिधालयको भित्तामा भने श्री सूर्योदय प्राथमिक विद्यालय लम्कीचुहा नगरपालिका वडा नं १५ तोरीपुर कैलाली नेपाल लेखिएको छ । के यस बिधालयका शिक्षकहरुले बिधार्थीहरूलाई वडा नं १५ भनेर पढाऊछन् या वडा नं १० भनेर पढाऊछन् यो सवालमा सबै अभिभावक, वुद्धिजीवीहरू आफु अलमलमा परेको बताउछन् ।
स्मरण रहोस नेपाल सरकारले दलित तथा बिपन्न परिवारका बालबालिकाहरुलाई छात्रवृतिको ब्यवस्था गरेपनि यस बिधालयमा अध्ययनरत बिधार्थीहरूलाई छात्र बृर्ति नदीने गरेको वताइन्छ । यसै बिधालयमा कक्षा ६ मा अध्यन गरिरहेका दिपीन विश्वक्रमाले आफुले अहिलेसम्म कुनै किसिमको छात्रवृति नपाएको वताएकाछन् ।
यस बिधालयमा बिगत तिन बर्ष देखि पढ्दै आएको भएपनि आफुले कहीले पनि छात्र बृर्दी नपाएको विश्वक्रमाको गुनासो रहेको छ । छात्रबृर्दी नदिएर त्यस रकमको दुरुपयोग हुने गरेको त छैनी भन्ने आशंका स्थानिय बासिनदाहरुको रहेको छ । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *