Loading...
अनियमितता भएकाे कुरा भ्रम सृजना गर्ने प्रचार गलत हाे : नगर प्रमुख रजत प्रताप शाह

कपिलवस्तु जेठ १६, कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका बिकास विराेधी केही स्थानिय नेताहरु निर्वाचनमा हार व्याेहाेरे पछि नगरपालिकालाई बदनाम गर्न लागेका आरोप लगाउनु भएको छ ।

केही दिन पहिले विभिन्न सञ्चार माध्यममा नगरपालिका र कर्मचारी प्रती आएको समाचारको खण्डन गर्दे नगर प्रमुख शाहले स्थानिय केही नेताहरु नकारात्मक प्रचार गरि नगरापालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई हतास बनाउने प्रयास गर्दै अाएकाे बताउनु भयो । कृष्णनगर नगरपालिकामा पत्रकार सम्मेलन गर्दै शाहले यस क्षेत्रका केही ठुलाबाडाले केही अनलाइनमा भ्रामक समाचार लेख्न लगाई नगरपालिकामा प्रापोगण्डा मच्चाउन खोजेको आरोप लगाउनु भयो । विभिन्न वहानमा आफु र नगरपालिकाका कर्मचारीहरुलाई लक्षित गरी गलत समाचार प्रकाशन हुदै आएकोले सत्य तथ्य पत्ता लगाउन समिति बनाई अनुुसान्धन थल्ने नगर प्रमुख शाहको भनाई रहेको छ । त्यस्तै कृष्णनगर नगरपालिकाका प्रशासन शाखा प्रमुख शाकिर अहमद शाहले आफुलाई भारतीय नागरिक भनेर आएको समाचारको खण्डन गर्नु भएको छ । केही व्यक्तीले भारतमा गई मेरो फोटो भारतको निर्वाचन नामावलीमा नाम दर्ता गरी बदनाम गर्न खोजेको बताउनु भयो । भारतको भोटलिष्टमा मेरो नाम लेखाउने व्यक्ती नेपालकै केही ठुलाबडा रहेको उहाले आरोप भयो ।

शाकिर शाहले भारतको निर्वाचन आयोगमा लेखाइएको नाम हटाउन र अाफु निर्वाचन मा भाग नलिएकाे नाेटरी संचारकर्मीहरुलाई देखाउदै भारतका एसडिएमले प्रमाणित गरेकाे पत्र नगरपालिकामा बुझाईसकेकाे बताउनु भयो । कृष्णनगर नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै समाचारमा सत्यता नरहेको स्पष्ट पारेको छ । नगर प्रमुख रजत प्रताप शाहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । भारतीय लोकसभा निर्वाचनको दिन शाखा प्रमुख शाकिर अहमद शाह कार्यालयमै हाजिर भई दिनभरी काम गरेको भन्दै त्यस्को प्रमाण स्वरुप सिसिटीभि क्यामराको फुटेज र कर्मचारी हाजिरी रहेको उल्लेख गरिएको छ ।

नगर प्रमुख शाहले भ्रामक समाचारको पछी नलागी बिकास कार्यमा सबैले सहयाेग गर्न अनुरोध गर्नु भएको छ । यदपी नगर प्रमुख शाह र प्रशासन शाखा प्रमुख शाहले ठुलाबडा भन्नेको नाम भने खुलाउन चहानु भएन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *