
१७ जेठ, बुटवल । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस र कम्युनिस्ट दुबैले संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा योगदान गरेर लामो समय सरकार चलाए पनि भ्रष्टाचार र कुशासनमा डुबेकाले जनतालाइ समृद्धि र सुशासन दिन नसक्ने बताउनु भएको छ । कांग्रेस र कम्युनिस्टलाई विगतमा गरेको योगदानको धन्यवाद दिंदै विश्राम दिदै जनताले कांग्रेस र कम्युनिस्टको विकल्प खोज्नैपर्छ,’ भट्टराईले भैरहवामा पत्रकारसंग को कुराकानी मा बताउनु भएको हो ।
विगतमा पनि भ्रष्टाचार भएको तर अहिलेको सरकार बनेपछि झन् ठूला भ्रष्टाचारका काण्डहरु बढेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बढ्दो भ्रष्टाचारका कारण जनताले संघीय गणतन्त्रमा पनि नयाँपनको अनुभूति गर्न नपाएको दावी समेत गर्नु भएको छ ।
Facebook Comments