Loading...
हातहतियार वन्दोववस्तिका समान सहित त्रिदेशीय सीमा क्षेत्रमा नेपाल प्रहरीको गस्ति

दार्चुला, जेठ–१८ नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र ब्यास गाउँपालिका वडा नम्बर १ छाङगरु र तिङ्करमा शुक्रबार हेलिकप्टर मार्फत सुरक्षाकर्मी पठाइएको छ । प्रहरीले रासन हात हतियार सहित माथि जाने अवस्था नरहेको हुदाँ यही जेठ १ गते जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टरको माग गर्ने निर्णय अनुसार त्रिदेशीय सीमा क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर मार्फत नेपाल प्रहरी पठाइएको हो ।
छ महिना राज्यको उपस्थितिका रुपमा रहने नेपाल प्रहरीले छाङगरु र तिङ्कर उक्लिन नसकेको हुदाँ सदरमुकाम खलंगाबाट प्रहरी नायव निरक्षक लोकेन्द्र
पुजाराको कमाण्डमा सदरमुकामबाट १४ जनाको प्रहरी टोली आवश्यक हातहतियार तथा बन्दोबस्तीका समान सहित हेलिकप्टर मार्फत त्रिदेशीय नाका सीतापुलमा पठाइएको प्रहरी निरक्षक रविन्द्र कठायतले जानकारी दिए । त्यस्तै केही दिन अगाडी व्यासँ गाउँपालिका २ दुम्लीङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जनाको प्रहरी टोली प्रहरी चौकी सितापुल पठाइएको प्रहरी निरक्षक कठायतले बताए । मौसम प्रतिकुलताका कारण छाङगरु र तिङ्कर बस्न नसकिने हुदाँ त्यहाँका स्थानीयवासीसँगै सुरक्षाकर्मी पनि तल सर्ने उनले बताए । छाङगरु र तिङ्करका स्थानीयवासी झण्डै एक सातासम्म भारतीय बाटो भएर सुरक्षाकर्मी भन्दा पहिला गाउँ पुगिसकेको वताइन्छ ।(अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *