
हेनुका माण्डव्य, टीकापुर, जेठ– १८
कैलालीको धनगढीमा समाजवादी पार्टी नेपालको अभिमुखी करण कार्यक्रम पर्सि २१ गते मंगलवार हुने भएको छ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल विच एकीरण भई बनेको समाजवादी पार्टी नेपालले समायोजन पश्चात देशभरीका ७ वटै प्रदेशहरुमा आफ्नो अभुमिखी करण कार्यक्रमलाई अघी सारेको थियो ।
यस अभिमुखि कार्यक्रमले प्रदेश, जिल्ला, स्थानिय तह लगायत विभिन्न जनवर्गिय तथा मोर्चा संगठनहरुलाई समायोजन गर्न सजिलो हुने र पार्टीका सबै कार्यक्रर्ताहरुमा अपनत्वको भावना विकसित हुने वताइएको छ । यो कार्यक्रमलाई पार्टीका शिर्ष नेताहरु केन्द्रिय समिती अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बावुराम भट्टराई, पार्टीका वरिष्ठ नेता अशोक कुमार राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्य हिसिला यमि लगायतका नेताहरुले कार्यक्रम लाई सम्वोधन गर्नेकुरा पार्टीका केन्द्रिय सदस्य हेमन्तराज माण्डव्यले वताएकाछन् ।
Facebook Comments