
कैलाली, जेठ–१८
कैलालीको भजनीमा प्रथम भजनी मेयर कप २०७६ खुल्ला फुटबल प्रतियोगीता पहिलो पटक भजनीमो आयोजना हुने भएको छ । भजनी नगरकार्यपालिका कार्यलय तथा प्रथम भजनी मेयर कप २०७६ खेलकुद सञ्चालक समिति भजनीको आयोजनामा यही जेठ २५ गतेबाट प्रथम भजनी मेयर कप २०७६ खुल्ला फुटबल प्रतियोगीता हुने गत बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
भजनीमा यो प्रथम मेयर कप २०७६ मा खुल्ला फुटबल प्रतियोगीता हुनेछ । उक्त खुल्ला फुटबल प्रतियोगितामा नेपाल तथा बाह्य टिमहरुले पनि सहभागि जनाउन सक्नेकुरा आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएकाछन् । यस प्रथम मेयरकप २०७६ को फुट्वल प्रतियोगितामा प्रथम हुने विजेताले १ लाख ५१ हजार र उपविजेताले ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् भने बेस्ट प्लेयर, वेस्ट किपर, त्यस्तै वेस्ट स्कोररले २५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यसका साथै म्यान अफ द म्याचले १५ हजार, वेस्ट प्लेयर अफ द टुर्नामेन्टले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेलकुद सञ्चालक समितिका संयोजक खडक बुढाले जानकारी गराएकाछन् ।
भजनीमा पहिलो पटक मेयरकप अन्तर्गत खुल्ला फुटवल प्रतियोगिता हुन गइरहेको अवस्थामा यस क्षेत्रका खेलप्रेमीका साथै स्थानियहरुमा रौनकता छाएको देखिन्छ ।(अगुवा सन्देशबाट)
Facebook Comments