Loading...
भजनी नगरपालीकामा सरसफाई सामाग्रि बितरण कार्यक्रम सम्पन्न

टीकापुर, जेठ १८
कैलालीको भजनी नगरपालिकामा सरसफाई सामाग्रि बितरण कार्यक्रम सम्पन्न गरिएको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग र वाल कल्याण संघ टिकापुरको अयोजनामा भजनी नगरपालिका वडा नम्बर १ र २ का २७० घरपरिवारलाई सरसफाई सामाग्रि बितरण गरिएको हो ।
वाल कल्याण संघका कार्यक्रम संयोजक प्रेम सिंह तिरुवाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रबिन थापा तथा बिशिष्ठ अतिथिमा वल्र्ड भिजन ईन्टरनेश्नल
नेपालका डेजुना राई रहेका थिए । उक्त कार्यक्रममा ५ बर्ष मुनिका बालबालिका र गर्भवती महिला रहेका घरपरिवारहरुलाई सरसफाई सामाग्रि बितरण गरिएको थियो ।
यस कार्यक्रबाट ३२ लिटरवाला बाल्टिन ढकनी, धारा टुटी, साबुन, साबुन दानी, बाल्टिन स्ट्यान लगायतका सामाग्रीहरु पाउंदा खुशी लागेको सामाग्री लिदै गरेकी पदमा साउंदले वताइन् । त्यस्तैगरी वडा न.ं ५ र ७ मा पनि २७० घरपरिवारलाई पनि सरसफाई सामाग्री बितरण गरिएको थियो ।
यस्ताखाले सहयोगी कार्यक्रमले बालबालिकाहरुलाई हात धुने बानी बसाउन र बाल जन्य रोगहरुबाट बचाउन प्रेरणा मिल्ने वाल कल्याण संघका कार्यक्रम संयोजक प्रेम सिंह तिरुवाले बताएका थिए । गत वर्षमा पनि यस्तो कार्यक्रम ल्याइएको तर अभिभावकहरुले यी सामाग्रीहरुको सही सदुपयोग नगरिअन्य काममा सामाग्री प्रयोग गरेको कुरालाई स्मरण गराउदै यो वर्षको कार्यक्रमले बालबालिका संगै अभिभावकले पनि आफ्नो बानी सुधार गर्ने कुरामा आशा राखेको तिरुवाले वताए ।
सहजकर्ता देउरुपा बाठामगरले गरेको स्वागत मन्तब्य संगै सुरु भएको उक्त कार्यक्रमको सञ्चालन भने सहजकर्ता द्रोणराज उपाध्यायले गरेका थिए ।(अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *