
हेमराज माण्डव्य, टीकापुर, जेठ–१८
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो चुनावी अधीवेसनबाट संस्थाका वर्तमान सचिव भैरव रावल ३३५ मत ल्याई अध्यक्ष पदमा विजयी भएकाछन् । उनका निकटम प्रतिद्वन्दी अध्यक्ष पदका उम्मेदवार वर्तमान अध्यक्ष नवराज रावलले ३१४ मत प्राप्त गरि पराजय भोगेकाछन भने अध्यक्षका अर्का उम्मेद्वार बलबहादुर खडकाले ८० मत प्राप्त गरेकाछन् ।
संस्थाको उपाध्यक्षमा गोपीराम जैसीले ३२४ मत प्राप्त गरी विजयी भएकाछन् । उनका प्रतिद्वन्दी तेजबहादुर चौधरीले २१८, तर्कराज जैसीले ७५, उदयराम अधिकारीले ६८ मत प्राप्त गरेकाछन् भने सचिवमा नरेशकुमार खत्रीले सबैभन्दा बढी ३५९ मत ल्याई विजयी भएकाछन् । उनका प्रतिद्वन्दी सुरतबहादुर कुवरले २८८, तुल्सीराम चौधरीले ५८ मत पाएकाछन् ।
त्यसैगरी कोषाध्यक्षमा विश्राम चौधरी २८६ मत पाइ विजयी हुनु भएको छ भने संगम शाहले २४८ नरबहादुर शाहले १३१ मत पाउनु भएको ।
अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष भैरव रावल प्यानलबाट विजयी भएका छन भने सचिव नवराज रावल प्यानलबाट विजयी भएका छन् ।
त्यसैगरी सदस्यहरूमा भैरव रावल प्यानलका सरिता रावल थापाले ३०५, बलबहादुर कामीले २९८, कीर्तिबहादुर रोकायाले २९१, सृजना शर्मा पण्डितले २८० कृष्णीदेवी चौधरीले २७३ मत पाई निर्वाचित हुनु भएकाछन् ।
चुनावी सरगर्मीमा अन्य सदस्यका उम्मेदवारहरु पवनदेवी तिमिल्सिनाले २६६, सुरेन्द्र शाहले २२४, मीनादेवी साउदले २१५, योजना अधिकारीले २०८, कैलाशपति चौधरीले २०२, जंगबहादुर
लोहारले १९० मत प्राप्त गरेकाछन् ।
त्यसैगरी झनक तिमिल्सिनाले १६६, लक्की शाहले १५३, गीता पाण्डेले १४६, टेकबहादुर सोडारी १२८, तपेन्द्रबहादुर शाहले ११७ मत प्राप्त गरेको कुरा निर्वाचन समितीले जनाएको छ ।
संस्थाका जम्मा ८०२ मताधिकार प्रतिनिधि रहेको भएतापनि विहीबार सम्पन्न संस्थाको निर्वाचनमा भने ७८३ जनाले मात्र मतदान गरेकोकुरा जनाइएको छ ।
स्मरण रहोस सो संस्था स्थापना भएसंगै विभिन्न शिर्षकमा विवादीत बन्दै आएको कुरा स्थानिय र सो संस्थाका उपभोक्ताहरुले वताउदै आएकाछन् । नवनिर्वाचित समितीले आगामी दिनमा आफ्नो कार्यकाल– लाई सो संस्था भित्रका कमीकमजोरी– हरुको निराकरण गरि स्थानिय र उपभोक्ताहरुको हितमा कृयासिल रहनेछ भन्ने आसा स्थानिय वासिन्दाहरुले गरेकाछन् । (अगुवा सन्देशबाट)
Facebook Comments