Loading...
नेकपाकै सांसदले संसदको उडाए खिल्ली, भाँचेको कुर्ची देखाउँदै भने-४ पटक लडिसके अब कति लडौ ?

१९ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठक हलमा आफू चार पटक लडेको भन्दै ‘ज्यान जोगाइदिन’ सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकको सुृरुमा सांसद अधिकारीले आफ्नो भाँचिएको कुर्ची देखाउँदै चार पटक लडिसकेको सभामुख महरालाई जानकारी गराउनु भएको छ । उहाले भाँचिएको कुर्चीको टुक्रा देखाउँदै भन्नु भयो -“सभामुख महोदय, चार पटक भइसक्यो म यहाँबाट लडेको, अहिलेसम्म दुर्घटना भएको छैन, बचिएको छ” । तर कति पटक भन्नु पर्ने हो ? संसद सचिवालयले आगामी दिनमा यस्ता कुर्ची नराखियोस् यो त धराप भयो ।’

सभामुख कृष्णबहादुर महराले उक्त विषयमा गम्भीर रुपले ध्यानाकर्षण भएको बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *