Loading...
लोकसेवाको विज्ञापनमा गम्भीर त्रुटि भएको भन्दै समाजवादीले दियो सरकारलाइ कडा चेतावनी

काठमाडौं, २१ जेठ । समाजवादी पार्टी नेपालले हालै लोक सेवा आयोगले स्थानीय तहका लागि करिव ९ हजारभन्दा बढी कर्मचारी भर्ना सम्बन्धि विज्ञापन सूचना प्रकाशित गरेको प्रति आपत्ति र विरोध जनाएको छ ।

समाजवादी पार्टीका उपमहासचिवले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन् -” ‘यसभन्दा अगाडि लोकसेवा आयोगले एकैपटकमा यतिका धेरै संख्यामा पदपूर्ति गर्ने गरी कहिल्यै सूचना ननिकालेको थिएन । फेरी स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको पदपूर्ति प्रदेश लोक सेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदाहुँदै संघीय लोक सेवा आयोगले समानुपातिक र समावेशिता समेतको संवैधानिक र कानुनी दायर भन्दा बाहिर गएर स्थानीय तहका कर्मचारी भर्ना गर्न लागेको हुँदा समाजवादी पार्टी, नेपाल घोर आपत्ती र विरोध गर्दछ ।

कानूनविपरीत स्थानीय तहका लागि भनेर निकालिएको कर्मचारी भर्ना सम्बन्धि सूचना अविलम्ब फिर्ता लिएर संघीयताको भावना र मर्मलाई सुरक्षित गर्ने कार्यमा लोक सेवा आयोगले सहयोग पुर्याउन समाजवादी पार्टीले आग्रह समेत गरेको छ ।

साथै संविधान विपरीत गैरकानूनी कार्यहरु रोक्न र कुनै पनि निकाय वा अंगहरुबाट त्यस प्रकारको कानून विपरीतका काम कार्वाही हुन नदिने तर्फका कदम चाल्नका लागि पनि समाजवादी पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *