Loading...
फेरी सुरु भयो प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपालबीच रस्साकस्सि, विवाद सतहमा

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ । ओली र नेपाल बिच असमझदारी प्रदेश पदाधिकारी चयनमा समेत पनि देखिएको थियो । ७७ जिल्लाका इन्चार्ज/सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागिएको विषयमा विवाद देखा परेको हो ।

नेकपाले भूगोलका ७७ वटै जिल्लाको इन्चार्ज–सहइन्चार्ज चयन गर्ने गरी प्रस्तावमाथि सचिवालय बैठकमा छलफल गरेको थियो ।

दिउँसो बसेको सचिवालय बैठकमा पनि नेकपा का दुइटै अध्यक्षले विहान नेपालसँग गरेको छलफलमा प्रस्तुत प्रस्ताव ‘जस्ताको त्यस्तै’ राखेपछि बरिष्ठ नेता नेपालले कार्य विभाजन गर्दा निश्चित मापदण्ड बनाउनुपर्ने र त्यसमा सहमति बनाउनुपर्ने धारणा राखेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिक प्रकशित भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *