Loading...
धनुषाकी किशोरीको सामूहिक बलात्कार, हात खुट्टामा नीलडाम र शरीरभरी पोलेका फोका

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर घरतिर भाग्न सफल भइन् । मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गर्यो ।’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो । एउटा सुई लगाइदियो त्यसपछि के भयो थाहा छैन ।’

अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्यायो । किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो । किशोरीको हात खुट्टामा दाम्लोले बाँधेको डाम छ । शरीरभरी पोलेका फोका छन् । कुटपटको नीलडाम छन् । आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *