Loading...
लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै राष्ट्रिय विद्यार्थी संघदवारा जनकपुरमा प्रर्दशन

लोक सेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले प्रदर्शन गरेका छन् । लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत रहेको भन्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संघले सरकार र आयोग विरुद्ध विरोध रयाली प्रदर्शन गरेको राष्ट्रिय विद्यार्थी संघका महासचिव रंजित निस्पक्षले जनाए ।

लोक सेवा आयोगले जारी गरेको विज्ञापन तत्काल खारेज गर लगायतका नारा लगाउदै जनकपुरको रामान्द चोकबाट निस्केको रयाली जनक चोकमा पुगेर कोणसभामा परिणत भएको महासचिव निस्पक्षले जानकारी दिए ।

विद्यार्थी तथा महिला नेतृहरुले संयुक्त रुपमा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको विरुद्धमा नारा लगाएका थिए । संघीयताको मर्म विपरित लोकसेवा आयोग र समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विज्ञापन जारी गरेको भन्दै संघका अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले विज्ञापन खारेजी गर्न माग गरे ।

सरकारले विज्ञापन खारेज गरी आयोगका अध्यक्ष उमेश मैनाली र मन्त्री पण्डित विरुद्ध कारबाही नगरे अझै शसक्त आन्दोलन गर्ने झाले चेतावनी दिए । यसअघि संघले मंगलबार मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन गरेका थिए । जनकपुरको भानुचोकमा सडक जाम गरी जाराबाजी गर्दै युवाहरुले पुत्ला दहन गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *