
नेहाल खान
जेष्ठ २३ गते
पर्सामा हुण्डी कारोबार नियन्त्रण भन्दा बाहिर एक वर्ष भित्र दर्जनौ हुण्डी कारोबारीहरु १०औं करोड रकम सहित जिल्ला प्रहरी पर्साको नियन्त्रणमा रहेका छन । जिल्ला प्रहरी पर्सा ले ३ लाख सहित २ जना हुन्डी कारोवारीलाई नियन्त्रण मा लिएको छ । पर्सा मा खुला सिमाना भएको ले गर्दा विरगंज रक्सौल का व्यापारीहरु बढि मात्रामा हुन्डी कारोवार मा संलग्न देखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बारम्बार यस्ता गतिवीधीहरु मा लाग्ने कारोवारीहरु लाई आफनो नियन्त्रण मा लिएता पनि हुन्डी कारोवार गर्नेको संख्या फस्टाउँदै गई रहेको छ । सोहि क्रममा आज विरगंज महानगरपालिका वडा नं.१६ स्थीत रजतजयन्ती चौक मा सवारी चेक जाँच गर्ने क्रममा पैदलयात्री रक्सौलबाट विरगंज आउँदै गरेकालाई चेक जाँच गर्दा जिल्ला बारा उप– महानगरपालिका सिमरा–७ बस्ने रोशन साह र भारत बिहार को मोतिहारी सुगौली वडा नं.१० बस्ने सौरभ कुमार को बग्ली बाट २ लाख ९९ हजार ५ सय रुपैया बरामद गरिएको छ । बरामद भएको रकम र पक्राउ परेका दुबै जना लाई थप अनुसन्धानको लागी राजस्व कार्यलय पथलैया पठाईने पर्सा का प्रहरी निरिक्षक लक्ष्मण गिरी ले बताउनु भयो ।
Facebook Comments