Loading...
ठुला नेतालाई चुनौति दिदै भावी मेयरका उम्मेदवार संजीव यादवले गरे माधोपुरमा यस्तो विकास

ओम प्रकाश यादव, जेष्ठ २४ गते, रौतहट ।

राजपाका विकासवादी युवा नेता संजीव यादवको विशेष पहलमा रौतहटको माधोपुरमा यतिखेर विकास निर्माणको काम धमाधम भइरहेको छ । राजपा नेपालका युवा, निडर, कुश्ल, कर्मठ, इमान्दार एवं विकासप्रति सधै चासो राख्ने नेता संजीव यादवले रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरमा विकासको काम तिव्र गतिमा गरिरहेका छन । रौतहट संसदिय निर्वाचन क्षेत्र नं १ का संघिय सांसद एवं पुर्व मन्त्री अनिल झाकी श्रीमति प्रदेश नं २ को भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झाको विकास कोषको झण्डै ३८ लाखको बजेटबाट नेता यादवले माधोपुरमा पिसिसि सडक ढलानका काम गरिरहेका छन । ठुल ठुला नेतालाई चुनौति दिदै यति सानै उमेरमा वर्षौदेखी जिर्ण रहेको सडक ढलान गर्ने तर्फ लागेको देखेर युवा नेता संजीव यादवको यतिखेर चारैतिर प्रशंसा र चर्चा भईरहेको छ । उहाँको पहलमा माधोपुरको उतरवारी टोल स्थित भटिगाछी देखी लिएर उतरमा रहेको महेन्द्र यादवको घरसम्म सडक ढलान कार्य यतिखेर दु्रत गतिमा भइरहेको छ । त्यस क्षेत्र र ठाउँबाट त्यसै गाउँ माधोपुरका नेकपाका सत्यनारायण भगत जस्ता कयौ नेताहरु च्ुनाव जितेर गएपनि गाउँको विकासको अवस्था एकदमै नराम्रो रहेको देखेर आफना व्यक्तिगत पहलमा राज्यमन्त्री झासँग बजेट लिएर नेता यादवले विकास निर्माणका काम गरिरहेका छन । आफना गाउँ ठाउँमा विकास हुनुपर्छ भन्ने ठानेर नेता यादव विकासको काममा सडिक भएपछि माधोपुरवासी निकै खुसी भएका छन । माधोपुरका वडा अध्यक्ष राजीव यादवका भाई समेत रहेका र आउँदो निर्वाचनमा मेयरका उम्मेदवार समेत रहेका दयालु स्वभाव भएका तथा सधै समाज सेवा गर्दै आएका युवा नेता यादवले आफना गाउँको सडक, नाला, जस्ता विकासका काम गर्नको लागि सम्बन्धित व्यक्ति र निकायमा गम्भिरताका साथ पहल गरिरहेको समेत बताएका हुन । माधोपुरमा विकासको लहर नै शुरु भैसकेको समेत उहाँले बताउनुभयो । आउँदो निर्वाचनमा आफु मेयरमा लडने उहाँले बताउनुभयो । मेयरमा लडने आफनो सपना रहेको बताउँदै आफुप्रति रहेको जनताको लगाव र सहयोग एवं विश्वासले आफु चुनाव जितने युवा नेता संजीव यादवको विश्वास छ । त्यस्तै वडा अध्यक्ष राजीव यादवले पनि विभिन्न विकास निर्माणका कार्य अगाडि बढाएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *