Loading...
इमरानको महानता, सपथ कार्यक्रममा नबोलाए पनि मोदिलाई बधाई दिदै वार्ताका लागी आह्वान

जेठ, काठमाडौं । मोदीको सपथ ग्रहण समारोहमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भारतले निम्तो नगरेपनी पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै वार्ताको लागि प्रस्ताव गरेका छन् । इमरान खानले मोदीलाई पठाएको पत्रमा कश्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको बताएका हुन् ।

मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै खानले पत्रमा लेखेका छन्- “दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय हो । यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक छ ।” किस्तानले कश्मीर मुद्दासहित सबै समस्याको समाधान चाहेको भन्दै खानले मोदीलाई पत्र पठाएको छ ।

मोदी पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो । यद्यपि भारतले अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *