Loading...
लूटको जमाना : राजधानी काठमाडौं भन्दा पनि महँगो यस् जिल्लाको शौचालय, यस्तो छ कारण
निरहु यादव , कपिलवस्तु ,
जिल्लामै हरेक पक्षमापछौटे मानिएको कृष्णनगर केहि पक्षमा भने अगाडी देखिएको छ ।  नेपालभरी नै संचालनमा रहेको सार्बजनिक शौचालयमा दिसापिसाबको शुल्क १०/५ असुली हुने गरेको छ भने कृष्णनगरमा नगरपालिकाद्वारा संचालित एउटा मात्रै शौचालयमा भारतीय रुपैयाँ १० वा नेपाली १५ रुपैयाँ असुली गरिदै आइएको छ । नगरपालिकाले नै बर्षको ८५०००० रुपैयाँ  ठेक्का गरिदिएकोले आफुहरुले पनि रकम बढाएको शौचालयमा असुली गर्नेले बताए ।
बार्डर पारी बढनी बजारमा सरसमान खरिद गर्न दाङ , प्युठान ,अर्घाखाँची ब्यापारी तथा आमउपभोक्ताहरु कृष्णनगर झर्ने गरेका छन भने उपभोक्ता तथा   सुपादेउराली र स्वर्गद्वारी दर्शन गर्ने हजारौं भारतीयहरु कृष्णनगर आउने गरेका छन् । पारी ५ रुपैया  तिर्नेहरु यता दोब्बर लाग्नेहुँदा बोत्तलको सहायताले खुलामा दिसापिसाब गर्ने गरेका छन  भने धेरैले बाध्य भएरै १५ रुपैयाँ तिर्ने गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *