Loading...
प्रदेश सांसद यादवद्धारा सुब्बा पोखरी घाटको शिलान्यास, निर्माणका लागि १ करोड रुपैया बजेट

रामनारायण कापडि
जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं.२ (२) का प्रदेश सांसद रामअशिष यादवले शनिवार विहान जनकपुर उपमहानगरपालिका वडा नं. १७ कनकपट्टी गाउँमा सुब्बा पोखरीघाट निर्माणको शिलान्यास गरेका छन् ।
प्रदेश सरकारद्धारा दिइएको स–शर्त अनुदान बाट निर्माण हुन लागेको उक्त पोखरीघाट निर्माणका लागि १ करोड रुपैया बजेट रहेको साँसद यादवले जानकारी दिनु भयो ।
शिलान्यास कार्यक्रममा उपस्थित गाउँबासीहरुले विगतको ३० वर्ष देखि जनताले विकासको रकम आएको, खर्च भएको तर काम भएको ठाउँ पता लगाउन नसकेको गुनासो पोखेका थिए ।
प्रदेश सांसद यादवले लोकतन्त्रमा सबै भन्दा बलियो जनता भएकोले अब जनताले आफै तत्पर भएर विकास निर्माणको काममा सघाउनु पर्ने आवश्यकता औल्याउंदै विकास विरोधी जो कोही पनि जनता विरोधी रहेको आफ्नो ठहर रहेको बताउनु भयो ।
जनकपुर उपमहानगरपालिकाद्धारा टेण्डर ठेक्का स्वीकृत भई निर्माण कार्यको शुरुवात गरेका ओम शर्मा लगायतका टीमद्धारा आयोजित शिलान्यास कार्यक्रममा गाउंलेहरु उत्साहित भएर सहभागी भएका थिए ।
वडा नं. १७ का निर्वाचित वडा अध्यक्ष परमेश्वर यादव, पत्रकार रामनारायण कापडि समाजसेवी योगेन्द्र साह, बुद्धिजिवी श्याम पजीयार, जयशंकर प्रसाद साह, विष्णुदेव यादव र देवलाल साह लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *