Loading...
रावल झुण्डिएको अवस्थामा मृत फेला प्रहरीको अनुसन्धान जारी

दार्चुलामा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकीछन । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ आगरमा अन्दाजी १६ वर्षीय किशोरी लक्ष्मी रावल झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक सुरज बहादुर खड्काले बताएकाछन् । शुक्रबार साँझतिर घाँस काट्न जान्छु भन्दै घरबाट बारी तिर निस्केकी लक्ष्मी घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक सुरज बहादुर खड्काले बताए ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खड्का नेतृत्वको प्रहरी टोली घट्ना स्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी टोलीले किशोरीको शव पोष्टमाटमका लागि गोकुलेश्वर अस्पताल पु¥याएका छन् । मृतक लक्ष्मी रावल कक्षा १० मा अध्ययनरत छात्रा हुन् । घट्नाको प्रकृति हेर्दा शंस्कास्पद अवस्था नभेटिएको र अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक खड्काले बताएकाछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *