
नेपाल कम्युनिस्ट पाटी(नेकपा) परित्याग गरि सयौं नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस अछामको राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत अछाम जिल्लाको पुर्वी क्षेत्र अन्तर्गत तुर्माखाँदबाट १०३, ढकारी बाट ३२, जुपुबाट १५, मंगलसैनबाट ३०, जयगढबाट २०, मेल्लेखबाट १०, चौरपाटीबाट १० गरी करिव २५० भन्दा बढीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको कुरा अछाम काग्रेसका नेता तथा मंगलसैन नगरपालीका वडा नं ६ का वडा अध्यक्ष जनक भण्डारीले अगुवा सन्देशलाई वताएकाछन् ।
पार्टी प्रवेश भएका नेता कार्यक्रर्ताहरुलाइ नेपाली काङ्ग्रेसका नेता तथा राष्ट्रिय जागरण अभियान अछामका संयोजक बहादुर सिंह थापा लगायतले आफ्नो पार्टीमा स्वागत गरेका छन् । स्रोतका अनुसार आफ्ना सैयौँ कार्यकर्ताहरु यसरी अकास्मत रुपमा नेपाली काङ्ग्रेसमा प्रवेश गरेकोमा नेकपा(नेकपा) अछाम लाई तनाव उत्पन्न भएको वताइएको छ । नव प्रवेशीहरुलाई उनिहरुको कार्य दक्षताको आधारमा पार्टी भित्र उपयूक्त तरिकाले सबैलाई उचित जिम्मेवारी दिइने अछाम काग्रेसले जनाएको छ । (अगुवा सन्देशबाट)
Facebook Comments