
कैलालीको लम्कीचुहा नगर पालिका वडा न. १० चुहामा निर्माण हुन लागेको सामुदायिक अस्पताल शिलान्यासका नाममा ब्यापकरुपमा बजेको दुरूपयोग भएको स्थानीय बासीन्दाहरुको आरोप रहेको छ । चुहा बजार देखी एक कीलोमिटर दक्षिणमा रहेको श्री राष्ट्रीय नवजागृती माध्यमिक विद्यालयले उपलब्ध गराएको ६ बिगा जग्गामा एक भव्य समारोहका बिच शिलान्यास गरिएको थियो । शिलान्यास कार्यक्रमका नाममा बजेटको दुरूपयोग भएकोप्रति आफुहरूको गम्भीर ध्यानाकर्षण भएको स्थानीय यूवा समाजसेबि नबराज खड्काले बताएका छन् । उनले भने “शिलान्यास कार्यक्रममा यति धैरै तामझाम मैले अहीलेसम्म देखेको थिएन । यदि यो सबै बजेट को दुरूपयोग नगरेको भय एक कोठे भवन बन्थ्यो ।
“साथै उहाँले यो शिलान्यास कार्यक्रम नभई कुनै महाराजाहरूको बिवाहको भोजभतेर जस्तो भएको दाबी गरे । यदि नेताहरूलाई नैतिकता भए घण्टौ सम्म भाषण नगरी सबै उपस्थित जनताहरुका साथमा आफुहरूल ेपनि श्रमदान गरेको भए अस्पताल निमार्णमा थप टेवा पुग्ने स्थानीय बासीन्दा खड्काको भनाई रहेको छ ।
लम्कीचुहा नगर पालिकाका नगर प्रमुख महादेव बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य झपट बहादुर रावल तथा विशिष्ठ अथितीमा प्रदेश सभा सदस्य नन्द बहादुर साउद रहेका थिए । वडा न १० का वडा अध्यक्ष हर्क बहादुर कठरियाले यस क्षेत्रका सवालमा तयार पारीएको मागपत्र सांसद झपट रावल मार्फप नेपाल सरकारलाई बुझाएकाछन् । सो मागपत्रमा निम्न कुराहरू उल्लेख गरिएकाछन् ः– चुहा बजार देखि सुतैया सम्म कालो पत्रे, चूहा देखि तोरीपूर जोडने पथरिया नदिमा पक्की पुल निमार्ण, तिघरी देखी सुतैया जोडने पथरिया नदि मा पुल निर्माण, तिघरी देखी बंगालीपुर जोडने चरेला नदीमा पुल निर्माण लगायत रहेकाछन । तर सो मागपत्रमा प्रदेश न ७ को मात्र नभई नेपाल राष्ट्रको गौरबको योजनाको रूपमा रहेको बाशुलिङ सुगर मिल सञ्चालन गर्नुपर्ने माग राखिएको छैन । सो मागपत्रमा बासुलिङ सुगर मिललाई नसमेट्नु भनेको यो क्षेत्रका जनता हरुकालागी ठुलो दुर्भाग्यपुर्ण भएको, बाशुलिङ सुगरमिललाई चुनावी नारामा मात्र सिमीत पारीएको स्थानीय तथा यहाँका कीसानहरुको गुनासो रहेको छ । यसका साथै युवाहरूलाई अब बिदेशीन नपर्ने कुराहरू चर्का भाषणमा मात्र सिमीत भएको ब्यवहार नेताहरू आफैले पेसगरेको मागपत्र बाट देखाएको प्रष्ट भएकोे यस क्षेत्रका युवाहरुको भनाई रहेकोछ । (अगुवा सन्देशबाट)
Facebook Comments