
ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका दर्जनौ ठूला करदाताले अझै पनि कर नबुझाएको जानकारी प्राप्त भएको छ । महानगरपालिकाका अनुसार ठूला करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ । महानगरपालिकालाई २० लाख देखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी रहेको करदाताहरुमा मल, विद्यालय, क्याम्पस, डिपार्टमेन्ट स्टोर, सरकारी कार्यालय, विभिन्न संघसंस्था रहेका छन् ।
पुल्चोकस्थित महानगरपालिका कार्यालयनजिकै रहेको लबिम मलले करिब पाँच करोड कर तिर्न बाँकी छ । लबिम मल पाटन संयुक्त क्याम्पसको जग्गा भाडामा लिएर मल सञ्चालनमा आएको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।
Facebook Comments