Loading...
आफूलाई आदित्यनाथकी प्रेमिका बताउने महिलाको भिडियोको बारेमा ट्विट गर्ने पत्रकार पक्राउ

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनागमाथि सोसल मिडियामा ‘आपत्तिजनक भनाइ राख्ने एक पत्रकारलाई उत्तर प्रदेश पुलिसले पक्राउ गरेको छ । पक्राउ परेका पत्रकार प्रशान्त कनौजियालाई उनको दिल्लीस्थित घरबाट पक्राउ गरेर लखनउ लगिएको छ ।

प्रशान्तकी श्रीमती जगिशा अरोडाले बीबीसीसंग कुराकानी गर्दै भनिन्, ‘उनले ट्वीटरमा एउटा भिडियो अपलोड गरेका थिए जसमा एक महिलाले आफूलाई योगी आदित्यनागकी प्रेमिका बताइरहेकी थिइन् ।’ यो भिडियोसहित उनले योगीबारे एउटा टिप्पणी गरेका थिए ।

लखनउको हजरतगञ्ज थानामा एफआइआर दर्ता भएपछि प्रशान्तलाई मानहानी गरेको भन्दै पक्राउ गरिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *