Loading...
शिक्षा रणनीति कार्ययोजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न, ४ कार्य समुहमा कार्यनीती निर्माण

जेठ २५ विजयनगर (कपिलवस्तु) कपिलवस्तुको शिवराजनगरपालिका र विजयनगर गाउँपालिकाको शिक्षा रणनीति कार्ययोजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपालका शिक्षाविद, शिक्षा ऐन,नीति निर्माण डा. विद्यानाथ कोइरालाको सहजीकरणमा शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाको रणनीति तथा कार्यनीति निर्माण तयारी गोष्ठी गोरुसिङ्गेको मायाज इन्टरनेशनल होटलमा भएको हो । शिक्षा रणनीति कार्ययोजना तर्जुमा कार्यशाला गोष्ठीमा चार कार्य समुह बनाई शिक्षा रणनीति कार्यनीती निर्माण तयारी गरिएको छ ।

एकमा पहुँचको सुनिश्चिता गर्ने र अनिवार्य तथा निशुल्क शिक्षा, आधारभूत तह, माध्यमिक तह, दुईमा गुणस्तरीय शिक्षाको सुनिश्चिता गर्ने, र समावेशिताको सुनिश्चिता, तीनमामा वैज्ञानिक,प्राविधिक, व्यवसायिक,सीपमुलक, रोजगारमुलक एवम् जनमुखी बनाउदै प्रतिस्र्पिर्ध र राष्ट्रियहितमा समर्पित शिक्षा र सुशासन, नीजि क्षेत्रमा खुलेका विद्यालयलाई नियमन र व्यवस्थापन गरी सेवामुलक, पारदर्शिताको सुनिश्चिता र अनुगमन तथा सुपरिवेक्षक प्रणालीको कार्यनीती निर्माण तयारी गरिएको हो । रणनीति तथा कार्यनीति निर्माण तयारी अन्तगर्त नगरपालिका र गाउँपालिका क्षेत्र भित्रका ३ देखि ५ वर्षका उमेरका बालबालिकाहरु बाल विकास केन्द्रको पहुँच सुनिश्चित गर्ने र गाउँपालिकामा सञ्चालन रहेका बाल विकास केन्द्रको पहुँच र दुरीको आधारमा नक्साङ्कन गर्ने कार्यनीति बनाएको छ । नक्साङ्कनको आधारमा वस्तीबाट अधिकतम बाल विकास केन्द्रको दुरी १५ मिनेट सुनिश्चित गर्ने र विद्यालय र मदरसामा बाल विकास केन्द्रको स्थापना गर्ने कार्यविधि तयार गरिएको छ ।

यस्तै नकसाङ्कनकै आधारमा बाल विकास केन्द्रको आवश्यकता पहिचान भएको विद्यालय,मदरसा र वस्तीलाई एक भन्दा बढी बाल विकास केन्द्र सञ्चालन भएकालाई संमायोजन गरी व्यवस्थापन नीति निमाणर््ा गरिएको छ । साथै फरक क्षमता भएका बालकालिकाहरुलाई लक्षित गरी भौतिक संरचना निमार्ण सहायक सामग्री निमार्ण पठन सामग्रीको व्यवस्था मिलाउने कार्ययोजना समेत बनाइएको छ । माध्यमिक तहमा अनिवार्य आधारभूत उत्र्तिण भएका सम्पूर्ण बालबालिकाहरुलाई नि ः शुल्क र गुणस्तरीय माध्यमिक नि ः शुल्क शिक्षाको व्यवस्था गर्ने, घन भएका माध्यमिक विद्यालयहरुको नक्साङ्न गरी आवश्यक स्थानमा मावि सञ्चालन गर्ने, प्राविधिक तथा व्यवसायिक धारतर्फको अध्ययपन गर्न चाहनेहरुको लागि प्राविधिक तथा व्यवसायिक धारतर्फको नियमहरु सञ्चालन गर्नुको साथै आर्थिक अवस्था कमजोर तथा विपन्न परिवारका बालबालिकाहरुका लागि आयआर्जनमुलक कार्यक्रम तथा छात्रवृतिको व्यवस्थासँगै विद्यार्थी, अभिभावक तथा विद्यालय वीचमा निरन्तर संवादको संयन्त्र स्थापना गरी निरन्तर विद्यालय आउने वातावरण बनाइने योजनाहरु रहेका छन् । यस्तै मातृभाषमा शिक्षाको रणनीतिहरु पनि बनाइएको छ ।

प्रराम्भिक तहको १ देखि ३ सम्मका पाठ्यक्रमको आधारमा सन्दर्भ सामग्रीहरु बहुभाषिक पाठ्यपुस्तक तयार गरी बालबालिकाहरुको सुनिश्चित गर्ने, प्रराम्भिक तहको १ देखि ३ सम्मका स्थानीय विषयवस्तु समेटी बहुभाषिक पाठ्यपुस्तक तयार गरी शिक्षण क्रियाकलापमा प्रयोग गर्ने, बहुभाषिक पाठ्यपुस्तक तयार गर्न विज्ञ टोली तयार गर्ने र क्षमताको विकास गरी पाठ्यपुस्तक तयार गरी सहजरुपमा उपलब्लध गराउने रणनीति रहेका छन् । यसै गरी प्रत्येक वडामा एउटा सुविधा सम्पन्न सिकाई केन्द्रको स्थापना गरी विभिन्न क्षेत्रगत अनुभव भएका वयस्कहरुको क्षेत्रगत समुह गठन गरी अजिवन शिक्षा कार्यक्रममा समृद्ध गर्ने ज्ञान, सीप र अनुभवको आधारमा तयार भएको सामग्रीहरु सिकाईका लागि एकअर्कालाई केन्द्रमा पढाईने र सहजकर्ताको व्यवस्था गर्ने नीति निर्माण गरिएको छ । विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकाहरुलाई अनौपचारिक शिक्षा सञ्चालन गरी औपचारिक शिक्षाको मूलधारमा समाहित हुने गरी विद्यालय बाहिर रहेका बालबालिकाहरुको तथ्याङ्क लिई एक वर्षसम्म विशेष कक्षा सञ्चालन गर्ने नीति रहेको छ । कक्षा सञ्चालन गर्नका लागि भौतिक पुर्वाधार पाठ्यपुस्तक, पाठ्यक्रम र सन्दर्भ सामग्रीहरुको व्यवस्था समेत रहेको छ ।

विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयसम्म पु¥याउन विभिन्न किसिमका घरदैले कार्यक्रमहरु समेत बनाएको छ । वैकल्पि शिक्षाका लागि गाउँपालिका भित्रका सम्पूर्ण निरक्षरलाई एक वर्ष भित्र साक्षर बनाउनलाई विद्यालय जाने उमेर समुहका माथिका निरक्षर समुहको साक्षर गाउँपालिका अभियान सञ्चालन गर्ने साक्षर अभियान सञ्चालन गर्नका लागि सहजकर्ता छनोट,तालिम र परिचालन गरि २० जनाको समूह बनाई साक्षर कक्षा सञ्चालन तथा अनुगमनको व्यवस्था मिलाई गाउँपालिकालाई साक्षर बनाउने कार्ययोजना समेत निर्माण गरेको छ । साक्षर कार्यक्रमलाई साउन १ गतदेखि कार्यान्वयनमा ल्याई साक्षर कक्षा सञ्चालन गर्न नगरपालिका र गाउँपालिकाका प्रमुखले प्रतिबद्धता जनाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *