Loading...
प्रदेश २ को नाम थरुहट थारुवान राख्न थारु कल्याणकारी सभाको माग, यस्तो छ ९ बुँदे ज्ञापन पत्र
ब्रम्हानन्द ठाकुर ।
जेठ २६, जनकपुरधाम । प्रदेश २ को नाम थरुहट थारुवान राख्नु पर्ने थारु कल्याणकारी सभा एवम् थरुहट थारुवान सँयुक्त सँघर्ष समितिले माग गरेको छ ।
समितिका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई बुझाएको ९ बुँदे ज्ञापन पत्रमा उक्त कुरा उल्लेख छ । ज्ञापन पत्रमा पर्सा देखि झापा जिल्ला सम्मको भु भाग सिमाँकन गरी स्वायत थरुहट थारुवान प्रदेश नामाकरण गरिनुपर्ने जनाईएको छ ।
त्यस्तै, प्रदेश नं. २ मा थारु भाषालाई  सरकारी कामकाज र पठन पाठनको भाषाको रुपमा मान्यता दिनुपर्ने उल्लेख गरिएको छ । यस्तै, प्रदेशका विभिन्न अंग, निकाय तथा तहहरुमा थारुहरुलाई पचास प्रतिशत समानुपातिक समावेशी प्रतिनिधित्व गराउनुपर्ने समितिको धारणा छ ।
प्रदेश २ सरकारद्धारा प्रदेश निजामती सेवाको गठन, सँचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा आदिवासी थारुहरुको जनसँख्याका आधारमा प्रतिशत नछुटयाएको भन्दै गम्भीर आपत्ति समेत प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *