Loading...
भ्रष्टाचार आरोपमा कालोसूचीमा राखेको फ्रान्सेली विवादास्पद कम्पनीसँग प्रम ओली सम्झौता गर्दै

विश्व बैंकले भ्रष्टाचार आरोपमा कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ । ३ महिना अघि समझदारीपत्रमा हस्ताक्षर भएको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा सम्झौता गर्ने तयारी रहेको छ ।

हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पान गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद छ । कम्बोडियामा एक आयोजनामा भ्रष्टाचार गरेको भन्दै थेल्स ग्रुपअन्तर्गतको थेल्स इन्जिनियरिङ कन्सल्टिङ कम्पनीलाई विश्व बैंकले सन् २००४ मा एक वर्ष कालोसूचीमा राखेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *