Loading...
अख्तियारदवारा पूर्वमन्त्री जोशी मुद्दाको मिसिल खोज्ने कार्यलाई तीव्रता, जोशी कारवाहिमा पर्ने

सर्वोच्च अदालतको आदेश अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोविन्दराज जोशीसँग सम्बन्धित मुद्दाको मिसिल खोज्ने कार्यलाई तीव्रता दिएको छ भने जोशी कारवाहिमा पर्ने भएका छन । अख्तियारले केही उच्च अधिकारीको प्रत्यक्ष निगरानीमा फाइल खोजी कार्य अगाडि बढाएको हो । फाइलबारे पूर्व कर्मचारीसँग समेत अख्तियारले सोधपुछ गर्ने तयारी गरेको छ ।

जेठ २३ गते सर्वोच्चले १५ दिनभित्र मिसिल पठाउन आदेश गरेको थियो । पाँच वर्षसम्म पनि मिसिल प्राप्त नभएको भन्दै अदालतले अख्तियार सचिवलाई अदालतको अपहेलनामा कारबाही किन नगर्ने भन्दै जवाफ समेत माग गरेको थियो । जवाफ पेससँगै फाइल पनि पेस गर्न आदेश दिएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *