Loading...
गाउपालिका स्तरिय खाद्य तथा पाेषण सम्बन्धि अन्तरक्रिया सम्पन्न

विजयनगर, जेष्ठ 27 । कपिलवस्तुको विजयनगर गा.पा.मा गाउपालिका स्तरीय खाद्य तथा पाेषण सम्बन्धि अन्तरक्रिया सम्पन्न भएकाे छ। आज विजयनगर गाउपालिकामा गाउपालिका स्तरीय खाद्य तथा पोषण निर्देशक समितिको बैठक गाउपालिका का अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीको संचालन सुआहारा कार्यक्रमका जिल्ला संयोजक लबहरि बुढाथोकीको सहजीकरणमा सम्पन्न भएको छ र साथै यस गाउपालिका भित्र पोषणको अवस्था बारे फिल्ड संयोजक मन्टु कोरीले प्रकाश पार्नु भएको थियो र आगामी आगामी दिनमा पोषण कार्यक्रमलाई प्राथमिकताका साथ कार्यक्रम बनाउने समेत निर्णय गरिएको छ ।

सुआहारा कार्यक्रम को फिल्ड सुपरभाइजर पृथीपाल तेलीले जानकारी गराउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *