
श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने प्रहरी नायव निरीक्षक (सई) रामविनोद राय यादव अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा छन् । परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् । अहिले पनि श्रीमतिलाई माया गर्ने यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्, श्रीमतीको खुशिका लागि जे गर्न पनि तयार छु ।
श्रीमानको प्रयासमा प्रहरी नायव निरीक्षक (सई) यादव अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा छन् ।
पीडितका श्रीमानले नेपाल समाचारपत्रलाई जानकारी गराएअनुसार, ‘जतिखेर मेरी श्रीमतीले रुँदै सबै पीडा पोखिन्, मैले सबै रिस र कुण्ठा दबाएर यादवलाई भने, जे भयो भयो अब त्यसो नगर्नुस्, मेरो घर परिवार सबै विग्रन्छ’–श्रीमान्ले भने–‘उल्टै धम्की दिदै श्रीमती छाड्न र मलाई फसाउन प्रपन्च रचेको समाचार नेपाल समाचारपत्रप्रकाशित भएका छन् ।
तस्विर : रातो पाटिबाट
Facebook Comments