
प्रधानमन्त्रीका लागि दुई वर्षभित्र बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । अहिलेको संरचना भत्काएर बालुवाटारमै नयाँ दुई भवन बन्दैछ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ ।
सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि आज बोलपत्र आह्वान गर्दैछ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ ।
भवनमा डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म हुने आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको छ ।
Facebook Comments