Loading...
राज्य व्यवस्था समितिको आदेशानुसार बिज्ञापन समावेसी गर – महासचिव निस्पक्ष

लोकसेवा आयोगले निकालेको जेठ १५ को निकालेको विज्ञापन रद्दगरि संविधानको मर्म र भावना अनुसार बिज्ञापन गर्न आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघका महासचिव रंजित निस्पक्षले मांग गरेका छन् ।
संविधानको धारा ४२ मा सामाजिक न्यायको हक सुनिश्चित गर्दै आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका वर्गहरुको लागि समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायहरुमा सहभागिताको हक हुने व्यवस्था उल्लेख भएकोले त्यस अनुरुप बिज्ञाप गर्न महासचिव निस्पक्षले भनेका छन्
त्यसैगरी संविधानको धारा २२१ मा स्थानिय तहको व्यवस्थापिकीय अधिकार, धारा २२६ मा गाउँसभा र नगरसभाले कानुन बनाउन सक्ने विषय, धारा २२७ मा गाउँसभा र नगरसभा ससम्बन्धी अन्य व्यवस्था अन्तर्गत प्रदेश कानुन बमोजिम गाउँपालिका र नगरपालिकाको कर्मचारी व्यवस्थापन हुने र स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा ८३ मा प्रशासकीय संगठन र कर्मचारी दरवन्दी सम्बन्धी उपदफा (१) ले गाउँपालिका तथा नगरपालिकाको आफ्नो कार्यवोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानिय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संगठन संरचना कायम गर्ने व्यवस्था स्पष्ट रुपमा राखिएको हुनाले संबिधान बिपरित निकालिएको बिज्ञापन स्वीकार्य नहुने महासचिव निस्पक्षको भनाइ छ ।
मिति २०७५ जेठ १५ गते लोकसेवा आयोगले स्थानिय तहको विभिन्न पदहरुको लागि प्रकाशन गरेको विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएकोले उक्त विज्ञापन तत्काल स्थगन गरी संविधानमा उल्लेख भए बमोजिम विज्ञापन गर्न महासचिव निस्पक्ष ले जोडदार मांग गरेका छन् ।

अन्यथा यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मा सम्बन्धित निकायले लिनुपर्ने आग्रह संगै चेतावनि समेत दिन चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *