Loading...
मुस्लिम किशोरीहरुलाई जीवन उपयोगी सीप तालिम, किशोरीहरु शिक्षा क्षेत्रमा निकै पछाडी
जेठ ३१ विजयनगर (कपिलवस्तु)
विजयनगर गाउँपालिकामा सञ्चालित मुस्लिम किशोरीहरुको लागि ५ दिने जीवन उपयोगी सीप तालिम सम्पन्न भएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा सञ्चालन भएको थियो ।
अरु समुदायको किशारीहरुको तुलनामा मुस्लिम समुदायकी किशोरीहरु शिक्षा क्षेत्रमा निकै पछाडी परेको देखिन्छ । मुस्लिमहरुको समुदाय धार्मिक विश्वास र जनचेतनाकको कमीले  शिक्षाको मूलधारमा ल्याउन नसकेको हुलाले शिक्षा क्षेत्रमा पछाडी पर्न गएका हुन ।
तसर्थ मुस्लिम किशारीहरुलाई आत्मनिर्भर बनाउनका लागि जीवन उपयोगी सीप तालिम दिइएको हो । ताकी उनीहरुले पनि आफ्नो जीवनमा सीप क्षमताको विकास भई जीवन धान्न सक्ने बाटोको  वातावरण बनोस् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले “मुस्लिम किशारीहरुको हरेक क्षेत्रको चौतर्फी विकासलाई नियालेर हेर्दा निकै दयनीय भएको अवस्था देखिन्छ” भन्दै दुख व्यक्त गरे । शिक्षा ज्ञानको ज्योति हो, शिक्षा विना हरेक कार्य गर्न कठिन र असम्भव हुन जान्छ, तसर्थ बालबालिकाहरुको उज्ज्वल भविष्यका लागि पढाईमा विशेष ध्यान दिन सम्पूर्णलाई अनुरोध गरे ।
विभिन्न सीपहरु हासिल गर्न, रोजगारीहरु पाउन शिक्षाले हाम्रो क्षमतामा महत्वपूर्ण भुमिकाको निर्वाह गरिरहेको हुँदा  शिक्षालाई प्राथमिकता दिन सुझाव दिए । आजको २१ औँ  शताव्दीमा शिक्षाको विकासमा फड्को मार्न नसकेको हुनाले मुस्लिम बालबालिकाहरुका लागि वडा नं. ३ डगडौवामा “ मुस्लिम गल्र्स कलेज ” सञ्चालनमा ल्याईएको पुन ः जानकारी गराए ।
यस्तै कार्यक्रममा आफनो कुरा राख्दै महिला तथा बालबालिका शाखा
प्रमुख शारदा शर्माले मुस्लिम किशोरीहरुको लागि क्षमता अभिवृद्धि, नेतृत्व विकास लगायत विभिन्न रोजगारी सीपमुलक, जनचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकताका साथ लागु गर्ने कुरामा प्रतिबद्धता जाहेर गरिन् ।
शिक्षा पाउनु बालबालिकाहरुको नैसर्गिक अधिकार भएकोले शिक्षाबाट वञ्चित नहुन दिन पढाउने कुरामा जोड दिईन् । हामी समयसँगै परिवर्तन भए मात्र चौतर्फी विकासको अनुभति गर्न सक्ने बताईन् ।
धार्मिक तथा साँकृतिको सकारात्मक विश्वासको साथ समयानुसार नयाँ परिवर्तनको पथमा हिड्न सक्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *