Loading...
प्रदेश न. २ का अध्यक्ष अशोकद्धारा प्रथम पटक सुर्यगंगा आरतीको घडिअर्वा पोखरीमा शुभारम्भ

विरगंजमा प्रथम पटक प्रदेश न. २ का अध्यक्ष अशोक बैद्यद्धारा सुर्यगंगा आरतीको घडिअर्वा पोखरीमा शुभारम्भ असार १ गते गरिने
विरगंज मा प्रथम पटक प्रदेश न. २ का उद्योग महावाणिज्य संघ का अध्यक्ष अशोक बैद्य द्धारा सुर्य गंगा आरतीको घडिअर्वा पोखरीमा शुभारम्भ हुने भएको छ । असार १ गते साँझ ५ः३० बजे प्रदेश नं.२ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्त को प्रमुख आतिथ्यमा सुर्य गंगा आरतीको उद्धघाटन हुने छ ।

हिन्दु धर्मावलम्बिहरुको विभिन्न तिर्थ स्थलहरु मा प्राय आरती गरिने चलन भएको तर, विरगंजमा न भएको ले कथक प्रयास पश्चात विरगंज मा भारत को हरिद्धार नेपाल को जनकपुरधाम, बारा को गढिमाई, जस्तै विरगंजमा पनि सुर्य गंगा आरतीको स्थापना हुने भएको छ । विरगंज को मध्य भागमा अवस्थित पर्यटकीय केन्द्रको रुपमा आफनो पहिचान बनाएको घडिअर्वा पोखरी, पर्सा–बारा जिल्ला लगायत छिमेकी देश भारतको रक्सौल शहर तथा वरपरका क्षेत्रमा बसोबास गर्ने हरुको लागि समेत अकार्षण को केन्द्र को रुपमा रहेको छ । संघिय सरकार ले सन् २०२०लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको र प्रदेश नं.२ को सरकार ले यस प्रदेश को विकास र निर्माण एवम् समृद्धिका लागि ४ वटा क्षेत्रहरु मध्य एउटा पर्यटन क्षेत्र समेत रहेको विषयलाई दृष्टिगत गरि धार्मीक पर्यटन को प्रवर्धन गरि राष्ट्रिय एवम् प्रादेशीक संकल्पलाई समेत मुर्त रुप दिन एउटा प्रयास का रुपमा यस आरती को सञ्चालन गरिएको छ ।

असार १ गते आईतबार साँझ ७ः३० बजे पहिलो पटक सुर्य गंगा आरती को शुभारम्भ हुने भएको पत्रकार सम्मेलन मार्फत विरगंज उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष अशोक बैद्य जानकारी दिनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *