Loading...
साउथ जोन विद्यालयद्धारा शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

साउथ जोन माध्यमीक विद्यालय द्धारा शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ । विरगंज को राधेमाई स्थीत रहेको साउथजोन मा.वी का प्रधानध्यापक सरोज प्रसाद चौधरी को अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई रहनु भएको थियो ।

शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम मा विद्यार्थीहरुले मार्च पास गरेको मा उत्कृष्ट हुने मार्च पास मा छात्रछात्राहरुलाई पुरस्कार तग्मा र कदर–पत्रहरु दि सम्मानीत गरिएको थियो । साथै, प्रत्येक वर्ष पुरस्कार वितरण गर्ने क्रममा यस वर्ष पनि विद्यालय मा कार्यरत शिक्षक र शिक्षिका र अध्यन्रत छात्रछात्राहरुलाई वार्षिक पुरस्कार दिई सम्मानित गरिएको थियो ।

शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम का अध्यक्ष साउथ जोन मा.वी का प्रधानध्यापक सरोज प्रसाद चौधरी, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई रहनु भएको थियो । त्यसै गरी ,कार्यक्रम का विशिष्ट अतिथीहरु मा प्याब्सन पर्सा का अध्यक्ष डा.हरिशंकर साह, नेपाल टेलिभिजन का नेहाल खान, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जारा, प्रहरी निरिक्षक निशान थापा, शेख रुष्तम, दिलिप राज कार्की, लगायत को उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *