Loading...
संविधानमा भएको दलितहरुको हकहित,ऐन,कानुन, नियम र विभिन्न धाराहरुको छलफल
जेठ ३० विजयनगर (कपिलवस्तु)
विजयनगर गाउँपालिकामा सञ्चालित ५ दिने नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ । गाउँपालिका स्तरीय दलित सञ्जालको आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा ६ नं .वडाको प्रेमनगरभटनीमा सञ्चालन गरिएको थियो । दलितहरुको नेतृत्व विकास गर्नका लागि क्षमतामा अभिवृद्धि गर्न उक्त तालिम सञ्चालनमा ल्याइएको थियो ।
संविधानमा उल्लेख भएको दलितहरुको हकहित,ऐन,कानुन, नियम र विभिन्न धाराहरुको छलफल लगायत पैरावी शक्तिको बारेमा विस्तृत रुपमा छलफल सहित जानकारी गराईएका  हो ।
कार्यक्रममा बोल्दै गाउँकार्यपालिका सदस्य धनवीर सुनारले संविधानको ऐन,कानुन, नियम र आफ्नो हकहित अधिकारको बारेमा प्रष्टरुमा जानकारी नहुँदा हामीलाई नेतृत्व  गर्न गाह्रो हुने गरेको बताउनु भयो ।  यस नेतृत्व विकास तालिमले अवश्य नै हाम्रो क्षमतामा अभिबृद्धि   पुगी सहयोग हुने कुरामा दावी गर्नुभयो ।
यस्तै कार्यक्रममा  आफ्नो भनाई राख्दै वडा नं. ७ की वडा सदस्य कलावती कोरीले “अब हामीलाई ऐन,कानुनसँगै हिड्न नेतृत्व विकास तालिमबाट महत्वपूर्ण जानकारी प्राप्त भयो ” भन्दै प्रसंशा समेत व्यक्त गर्नुभयो । यस तालिमले समाज परिवर्तनमा सकारात्मक नेतृत्व विकासमा मदत हुने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा आफ्नोे कुरा राख्दै गाउँपालिका स्तरीय दलित सञ्जालका अध्यक्ष टंक बहादुर सुनारले नेतृत्व विकास भई पैरावी शक्तिले हरेक विकासको काममा सहज र सरल बनाउने बताउनु भयो ।
कार्यक्रममा प्रत्येक वडाबाट समाबेश गरी ४८ जनालाई सहभागी गराई तालिम दिईएको हो  । कार्यक्रम गाउँकार्यपालिका सदस्य धनवीर सुनारको प्रमुख अतिथ्यता, वडा नं. ७ की वडा सदस्य कलावती कोरीको अतिथ्यता, सहभागी व्यवस्थापक मेघ बहादुर सुनारको अध्यक्षता र  प्रशिक्षक चन्द्र बहादुर गहतराजको प्रशिक्षणमा तथा गाउँपालिका स्तरीय दलित सञ्जालका सदस्य राम प्रघट कोरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *