Loading...
मंगलसैन नगरपालीका वडा नं ६ को ठुलासैनमा समुहगत रुपमा आलुखेती सञ्चालन

हेमन्त माण्डव्य, अछाम
अछामको जिल्लाको मंगलसैन नगरपालीका वडा नं ६ ठुलासैनमा समुहगत रुपमा आलुखेती सञ्चालन गरिएको छ ।
मंगलसैन नगरपालीका कृर्षि विकास साखाको आर्थिक सहयोग रहेको, ६ नं वडा कार्यालयको पहल र वडा नं ६ का कृर्षि प्राविधिक ताराप्रसाद भण्डारीको प्राविधिक सहयोगमा मंगलसैन नगरपालीका वडा नं ६ ठुलासैनमा “कालीका कृर्षक पाठसाला” को आयोजनामा समुहगत रुपमा आलुखेती कार्यक्रम सञ्चालन गरिएको छ ।
सो समुहगत आलुखेती कार्यक्रममा बिउ, मल खरिद, ढुवानी र अन्य व्यवस्थापन खर्च मंगलसैन नगरपालीका कृर्षि विकास शाखाले व्यहोरेको छ । यो पाठशाला अन्तगर्तको कार्यक्रम १६ हप्ता चल्ने वताइएको छ । अहिलेको अवधीसम्म ११ हप्ताको कार्यक्रम सकिएको र ५ हप्ताको कार्यक्रम बाँकी रहेको छ । यस पाठसाला अन्गर्तको कार्यक्रम अषाढ महीनाभर चल्ने छ र अषाढको अन्तिम साता यसको समापन गरिने कुरा वडा नं ६ का वडा अध्यक्ष जनक भण्डारीले अगुवा सन्देशलाई वताएकाछन् ।
समुदाय स्तरमा रहेका कृषकहरुको जिवनस्तर उकास्न र शिपमा दक्षता हासिल गराउन, आलुबालीमा लाग्ने रोग, किरा भगाउने तरिका, मलको प्रयोग, माटोको छनौट गर्ने तरीका लगायतका कार्यहरु सो पाठसाला समुहमा रहेका कृर्षकहरुले सिक्न पाउनेछन । १७ जना महीला र ८ जना पुरुष गरी जम्मा २५ जना सदस्य रहेको उक्त पाठसाला अन्गर्तका कृषकहरुले यो पाठसालाको समापनसंगै आलुबालीमा प्रावीधीकको भुमीका आफै निर्वाह गर्नेमा दक्षता हासिल गर्नसक्ने कुरा प्रावीधीक भण्डारीले वताएकाछन् ।
पाठशाला कार्यक्रम अन्तर्गत १ रोपनी जमीनलाई दुइभागमा बिभाजन गरी एक भागमा आधुनिक तरिका र अर्को भागमा परम्परागत तरिकाले आलुखेती गरिएको प्रावीधीक ताराप्रसाद भण्डारीले वताएकाछन । आधुनिक तरिकाबाट लगाइएको आलु खेतीमा प्राविधीकको पुर्ण सल्लाह र सुझाव रहेको छ भने परम्परागत तरीकाले लगाइएको आलु खेतीमा कृषक आफैले परम्परागत शैलीमा नै आलु खेती गरिरहेकाछन । दुबै तरिकाको आलुखेतीमा खुमुल सेतो १ जातको आलु बाली लगाइएको छ । उक्त आलुबाली तयार भएसकेपछी दुबै बालीलाई अलग अलग ठाउँमा निकालेर त्यसको मुल्याङ्कन गरिने वताइएको छ ।
यसो गर्नुको पछाडी कृषकहरुलाई अहीलेको समयमा परम्परागत र आधुनिकीकरणको प्रत्यक्ष रुपमा महत्व बुझाइने छ । व्यवसायीक रुपमा गरिने आलुखेतीलाई परम्परागत भन्दा आधुनिक तरिकाले गरिएको खेती थोरै समयमा धेरै आम्दानी र त्यसबाट बढी फाइदा लिन सकीन्छ भन्ने कुराको प्रत्यक्ष जानकारी गराएर कृर्षहरुलाई आधुनीक कृषी कार्यतीर उन्मुख गराउनु रहेको र यस्तो किसिमको कार्यले कृर्षकहरुलाई सयुक्त रुपमा काम गर्ने बानिको बिकास गर्ने र समुहगत कार्यगर्नमा प्रेरणा जाग्ने कुरा समुहमा प्रत्यक्ष रुपमा सङ्गलग्न रहेका प्रावीधीक ताराप्रसाद भण्डारी वताउछन् ।
यसरी समुहमा काम गर्दा धेरै सजिलो भएको र आफुलाई खुसि लाग्नुका साथै आगामी दिनमा एकल नभएर समुहगत रुपमा खेतीबाली गर्नुपर्नेमा महसुस भइरहेको समुहकी सदस्य दुरा भण्डारीले वताएकी छन । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *