
हेनुका माण्डव्य, कैलाली
बन कार्यालयले स्थानिय जनताहरुलाई निशुल्क रुपमा बिरुवाका बेर्ना वितरण गर्ने गरेको छ । विगत लामो समयदेखी बन कार्यालयले यस्तो कार्य गरेतापनि जनताहरुले यसको बारेमा जानकारी नपाउदा यसको फाइदा केही टाठाबाठाहरुले मात्र लिइरहेको जनगुनासो आइरहेको छ ।
प्रत्येक वर्ष लाखौं लाख विरुवाका बेर्ना बन कार्यालयले आफैले उमारेर स्थानीयहरुकालागी भनेर श–शुल्क, निशुल्क र विरुवा लगायवाफत स्थानियहरुलाई अनुदान रकम दिएर तिन बिसिमले वितरण गर्ने गर्ने गरेको सहायक बन अधिकृत सम्भु शाहले अगुवा सन्देशलाई वताएका छन । तर त्यसबारे पुर्ण रुपमा जानकारी नहुदा आजसम्म स्थानीय जनताहरुले सोकार्यबाट पुर्ण रुपमा फाइदा लिन सकीरहेका छैनन् ।
बन कार्यालयले बेर्ना उमारेर निशुल्क रुपमा वितरण गर्ने विरुवाका बेर्नाहरुलाई साधारण तया जनही २० गोटा र बढी लगाउनु परेमा विरुवा लगाउने व्यक्तिले हस्त लिखीत निवेदनका साथमा आफ्नो नागरिकताको फोटोकपी, जुन जग्गामा लगाउने हो सो जग्गाको जग्गाधनी पुर्जाको फोटोकपी सहित कार्यालयमा फाईल पेस गरेमा उसको आवश्यकता अनुसार हामीसंग उपलब्ध भएका विरुवा दिइनेकुरा लम्कि सवडिभिजन बन कार्यालयमा कार्यरत बन रक्षक पतीराम चौधरी र नर्सरी नाइके सुवारी चौधरीले जानकारी गराएकाछन् ।
बन कार्यालयले जनताहरुका लागी भनेर बिभिन्न प्रोग्राम र परियोजना मार्फत गरिने कार्य जनताहरुको पहुच भन्दा टाढा भएकाले यि कार्यक्रमहरुले सार्थकता पाउन नसकेको वताइन्छ ।
यस्ता कार्यक्रमहरुलाई केही टाठाबाटाहरुले भित्रभित्रै आफु अनुकुल बनाई फाइदा लिइरहेका कारण लक्षित वर्ग, समुहले उक्त प्रोग्राम र परियोजनाहरुका बारेमा पुर्णरुपमा जानकारी नपाउदा बालुवामा पानि सरह भएको स्थानियहरुले बताउने गरेकाछन् । (अगुवा सन्देशबाट)
Facebook Comments