Loading...
कालिकाको रजत जयंती तथा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा अवस्थित श्री कालिका माध्यमिक विद्यालयमा रजत जयंती महोत्सव तथा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । कृषि भेटनरी जेटिए कक्षा सञ्चालनार्थ महायज्ञ सञ्चालन गरिएको बिधालयका शिक्षक प्रमोद साउद ले बताए । कार्यक्रमको एक भव्य समारोहका बिच क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य माननीय सभाषद झपट रावलले उद्घघाटन गरेका थिए भने कार्यक्रममा प्रदेश सभा सदस्य माननीय सभाषद नन्द बहादुर साउद रहेका थिए । महायज्ञमा श्री पूरैना समूदायिक वन समितिले एक लाख एघार हजार एक सय एकाउन्न र बिधालयका प्रध्यानाध्यापक उदय सिंह बि.सी. एक लाख पाँचसय पचपन्न सहयोग गरे बाफत उहाँहरूलाई महायज्ञका महा सभानायक
घोषणा गरिएको थियो । यस्तै उधोगपति कर्ण कूवर, बिधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महाबीर साउद, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष रूपक सूनार, समाजसेबि क्रमशः राम बहादुर धामी, जनक साउद, सिगे साउद र भक्त साउदले एकाउन्न हजार भन्दा धेरै सहयोग गरेका कारण उनिहरुलाई भने सभानायक घोषणा गरीएको थियो । सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै तपाईहरूले प्रदान गरेको सहयोग सही सदुपयोग हुने र महायज्ञको आय(ब्यय छिट्टै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महायज्ञ मूल आयोजक समितिका उपाध्यक्ष महीला नेत्री साबित्रा सापकोटाले बताएकीछन् । उनका अनुसार वाचक किशोरी शरणले वाचन गरिएको महायज्ञ २०७६ जेठ २३ गतेबाट सुरु भएर गत ३० गते विहिवार महायज्ञका महासभानायक हरुलाई उनिहरुको घरबाट बाजागाजा सहित महायज्ञ स्थलमा ल्याई सम्मान सहित सो कार्यक्रम समापन गरिएको थियो । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *