Loading...
कमलबजार नगरपालिकाले ८० बिद्यार्थीहरुलाई निशुल्क पढाउदै

हेमन्त माण्डव्य, अछाम
अछामको कमलबजार नगरपालिकाले विद्यार्थीलाई नगरपालीका कोषबाट निशुल्क रुपमा उच्च शिक्षा अध्यन गराउने भएको छ । नगरपालीका भित्रका करिव ४० जना बिपन्न र गरिव परिरवारका बिद्यार्थीलाई यो सुविधा दिइने भएको छ । नगरका १० वटै वडाबाट छनौट गरिएका ४–४ जना मध्येका महिला, दलित, गरिब र बिपन्न समुदायका बिद्यार्थीहरुलाई वडा कार्यालयको सिफारिसका आधारमा कमलबजार बहुमुखी क्याम्पसमा अध्ययन गराईने वताइएको छ । त्यसैगरि प्रत्येक वडाबाट छनौट गरिएका ४–४ जना विद्यार्थीहरुलाई जेटीएको अध्यन गराइदै छ ।
हाम्रो नगरपालीका भित्र स्थापना गरिएको कमलबजार बहुमुखि क्याम्पस आर्थिक कारण र विद्यार्थीको अभावमा धरासायी हुन लागेको अवस्थामा यो कार्यक्रमले स्थानिय विद्यार्र्थी पलायन हुनबाट रोक्न, महिला, दलित, गरिब–बिपन्न समुदायका बिद्यार्थीहरुलाई पढाइमा सरलीकरण गर्न र क्याम्पसको आर्थिक स्तर उकास्नमा मद्धत पुग्ने नगर प्रमुख ओम प्रकास विष्टले वताएकाछन् । नगरप्रमुख बिष्टले भने तत्कालीन अवस्थामा यहाँका जनताहरुकोे माग र यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गरि क्याम्पस स्थापना गरिएको थियो । अब हामी यो क्याम्पसको स्तरवृद्धि गरि नमुनाको रुपमा स्थापीत गर्नेकुरामा दृढ संकल्पीत भएर लागेका छौं ।
छनौटमा परेका सबै विद्यार्थीहरुलाई बि.एड. र जेटीए पढनलाई क्याम्पसमा लाग्ने सबै शुल्क र होस्टेल खर्च समेत नगरपालिकाले बेहोर्ने निर्णय गरीएको कुरा नगर उप–प्रमुख भुमीसरा बजगाईले वताइन् । उनले भनिन् हामीले वडाको बजेट मार्फत नगरपालीका प्रत्येक वडाबाट ४–४ जनाका विद्यार्थी छनौंटगरि ४० जना विद्यार्थीहरुलाई जालपा मा.वी. ढाकुमा जेटीएको अध्यनपनि गराई रहेका छौं । आर्थिक हिसावले पढ्न नसक्नेहरु, आर्थिककै कारणले पढ्न नसकेर आर्थिक उपार्जनकालागी विदेशिने हरुका साथै जेहेन्दार विद्यार्थीहरुका लागी यो कार्यक्रमले निकै सहुलियत र राहत दिएको उपमेयर बजगाईले अगुवा सन्देशलाई वताइन् ।
२०६७ सालमा स्थापना भएको क्याम्पसमा यो वर्ष ५७ जना बिद्यार्थी भर्ना भएको क्याम्पस प्रमुख पूर्ण धमलाले वताए । यो वर्ष कमलबजार नगरपालिकाले ४० बिध्यार्थिको मासिक शुल्क र होस्टेल शुल्क जनही करीव ५० हजार लाग्ने वताएको छ भने सो बरावरको रकम नगरपालीकाले भुक्तानी दिने बताएकाले राहतको महसुस भएको क्याम्पस प्रमुख धमलाको भनाइ रहेकोछ । (अगुवा सन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *