Loading...
धनगढी उप–महानगरपालीकाले हवाहुरीबाट प्रभावितलाई राहत उपलब्ध गराउने

कैलाली, जेठ ३२
धनगढी उप–महानगरपालिकाको २३ औं कार्यपालिका बैंठकले बिनासकारी हावाहुरीबाट प्रभावित सुत्केरी महिलाई राहत दिने निर्णय गरेको छ ।
बिहीबार बसेको कार्यपालिका बैठकले हावाहुरीबाट क्षति पुगेका घरधनीलाई क्षतिको आधारमा राहत दिने निर्णय गरेको हो । त्यसैगरी जेठ २३ गते आएको हावाहुरीमा परेर घाईते भएकाहरुको निशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।
नगरप्रमुख नृपबहादुर वडका अनुसार पूर्ण क्षति भएको घरधनीलाई ६ हजार, मध्यम क्षति भएकोलाई ३ हजार, पशुपक्षीमा भएको क्षतिलाई ३ हजार र ब्यावसायीक खेतीलाई ३ हजार राहत सहयोग गरिने बताए ।
ब्यावसायीक खेतीको हकमा कम्तीमा एक बिगाहामा जमिन मापदण्ड राखेको छ । त्यसैगरी पूर्णरुपमा घरमा क्षति पुगेको घरकी ९० दिन भित्रका सुत्केरी महिलालाई १ हजार पाँचसय रुपियाँ सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख वडले बताए । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *