Loading...
लम्किचुहा ८–१० को वडा भेला सम्पन्न सौतेलो व्यवहार गरेकोमा जनताको गुनासो

कैलाली, जेठ ३२
कैलालीको लम्कीचूहा नगरपालिका वडा न ८ र १० को वडा भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन एक भव्य कार्यक्रमका बिच लम्कीचूहा नगर पालिकाका नगर प्रमुख महादेव बजगाई ले गरेका थिए भने कार्यक्रमको बिशिष्ट अतिथि लम्कीचुहा नगर पालिकाका उप प्रमुख टिका थापा र नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खड्का रहेका थिए । लम्की– चुहा नगर पालिका वडा नम्बर १० को तोरीपूर, पिपरौवा र तिघरीलाई भने नगर पालिकाले सौतेलो ब्यवहार गरेको पिपरौवाका स्थानीय बासिन्दा रमेश जोसी लगायत यहाँका स्थानियहरुले दाबी गरेकाछन् ।
उनका अनुसार स्थानीय सरकारको उमेर दुई बर्ष पुगिसक्दासम्म पनि यस क्षेत्रमा कुनै योजना नपर्नु नगरपालीकाले हामीलाई खुल्लम खुल्ला सौतेनी व्यवहार गरेको छर्लङ्गै देखीन्छ, जोसी लगायत स्थानियको भनाई रहेको छ ।
यस्तैगरी तोरीपुर र तिघरी क्षेत्र यहाँका स्थानिय जन– प्रतिधीहरुबाट पनि ठगिएको सो कार्यक्रमा आरोप लगाइएको थियो । चुहामा निर्माण सुरू भएको सामुदायिक अस्पताल निमार्णका लागी पहल पदमीको ऋण स्थानिय जनताहरुले कहील्यै तिर्न नसक्ने भएतापनि यस वडाले दासत्व बाट उठेर समुन्नत समाज निमार्ण गर्नमा जुट्नुपर्ने श्री राष्ट्रीय नव जागृती माध्यमिक विद्यालयका बिधालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष नर बहादुर खड्का ले वताएकाछन् ।
त्यसैगरी खड्काले वडामा राष्ट्रीय गौरबको योजनाको रूपमा रहेको बाशुलिङ सुगर मिल तत्काल सञ्चालनमा ल्याउन प्रमुख अतिथिको आसनमा रहेका नगर प्रमुख बजगाइको ध्यानाकर्षण गराएका थिए । साथै सो कार्यक्रममा यस क्षेत्रका जनताहरुले यहाँ शुद्ध खानेपानी को समस्या रहेको बिधमान घडीमा सो को ब्यवस्थापन छीटो र छरितो गरिनु पर्ने धारणा राखेका थिए । (अगुवा सन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *