
३२ जेठ, काठमाण्डौ । सत्तारूढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् ।
गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै सांसद मानन्धरले भन्नु भयो- ‘सरकारका प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । धेरै ठूलो स्वरले बोल्ने होइन ।’
सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । उहाले भन्नु भएको छ “संचारमन्त्रीजी, कि क्षमा माग्नुस्, कि राजिनामा दिनुस्’ ।
गुुठियारहरुलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु हुने उहाको चेतावनी छ ।
Facebook Comments