Loading...
विजयनगरको चौतर्फी विकासकामा प्रदेशबाट पुर्ण सहयोग गर्ने प्रतिवद्धता संयोजक ः पाण्डे
जेठ ३२ विजयनगर ( कपिलवस्तु )
कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं. ७ मा  कक्षा तथा वडा स्तरमा  उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई साईकल वितरण गरिएको छ । वडा नंंं. ७ का सम्पर्ण  विद्यालय र मदरसामा कक्षा  तथा वडा स्तरमा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई सम्मानका लागि साईकल वितरण गरिएको हो । विद्यालयमा बढी हाजिर भएका विद्यार्थीलाई झोला र कापी दिई सम्मान गरिएको छ ।
साथै लौटनराम द्रोपदी माध्यमिक विद्यालय गणेशपुरका श्याम प्रकाश चौधरी र जनज्योति नि.मा.वि.मानपुरका प्रधानाध्यपक हरिराम चौधरीलाई र मदरसका मौलानाहरुलाई पनि सम्मान गरिएको छ ।
विद्यार्थीलाई शिक्षाको मूलधारमा ल्याई विद्यालयमा नियमित गराउन र गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यार्थीलाई प्रोत्साहन गर्न साईकल दिई सम्मान गरेको छ । यसरी विद्यार्थीहरुमा शिक्षाप्रतिको चासो बढ्नुको साथै प्रतिस्प्रधात्मक भावनाको विकास होस् भन्ने उद्धेश्यले उक्त सम्मान कार्यक्रमको आयोजना गरिएको र नियमित गरिरहने वडा अध्यक्ष दिनेश कुमार चौधरीले जानकारी गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा ५ नं. प्रदेशका सामाजिक विकास संयोजक दिर्घनारायण पाण्डेले विजयनगर गाउँपालिकाले सम्पुर्ण विकासको पुर्वाधारको संरचनामा आफ्नो पहुँचको वातावरण  तयार गर्न गाउँपालिका अध्यक्ष गोपाल थापा  लागी सकेकोले विजयनगरको चौतर्फी विकासका लागि प्रदेश सरकारबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
विजयनगर गाउँपालिका देशकै मानव विकासको सुचाङ्कमा  पछाडी परेको क्षेत्र भए पनि अब आगामी ५ वर्ष भित्रमा राम्रो विकासका स्थानमा फड्को मार्न सक्ने पाण्डेले दावी गर्नु भयो ।
विजयनगरका गाउँपालिकाका अध्यक्षको विकासप्रति अत्यन्त चाँसो भएको हुनाले सम्बन्धित सवै निकायसँग सम्पर्क र समन्वयको राम्रो सम्बन्ध स्थापित गर्न सकेको भन्दै प्रशंसा समेत व्यक्त गर्दै प्रदेशबाट सक्दो सहयोग गर्ने वाचा व्यक्त  गरे ।
 कार्यक्रम वडा नं. ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, ,ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख नवीन पौडेलको विशिष्ट अतिथ्यता वडा सचिव कृष्ण प्रसाद शर्माको स्वागत मन्तव्य र दिपक भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
2 Attachments

Leave a Reply

Your email address will not be published. Required fields are marked *