Loading...
गुठीलाई सामन्ती प्रथा देख्नेहरू कम्युनिष्ट नभई फासिष्ट हुन् : कार्यवाहक अध्यक्ष श्रेष्ठ

ललितपुर, । समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गुथि विधेयकको नाममा सरकारले बल प्रयोग गरी जनताको सामुदायिक सम्पति कब्जा गर्नु र धार्मिक साँस्कृतिक आस्थामाथि प्रहार गर्नु सरकारको अधिनायकवादी चरित्र भएको बताएको छ । पार्टी प्रवेशको अवसरमा रामेछाप जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले भने, ‘गुठी प्रथा मानवता, सहकारी र परोपकारी भावनाले हाम्रा पुर्खाहरूले सृजना गरेको प्रगतिशील र मौलिक प्रथा हो । यो सामुदायिक सम्पति भएकाले कम्युनको भ्रुण हो । गुठि सञ्चालनको जिम्मा गुठीयारहरूलाई नै दिनु पर्छ । गुठीलाई सामन्ती प्रथा देख्नेहरू कम्युनिष्ट नभई फासिष्ट हुन् ।’
का.वा.अध्यक्ष श्रेष्ठले गुठी विधेयक चीनको साँस्कृतिक क्रान्तिको नेपाली संस्करण भएको बताउँदै उनले भने, ‘ओली सरकारले सुतिरहेको सिंहको जुंगा तानेर नेवार समुदायलाई जिस्क्याएको छ । अब जनताले २५० वर्षदेखिको हिसाव किताव गने छ ।’ उनले पौराणिक कथाहरूमा भष्मासुूरलाई वरदान दिंदा महादेवलाई नै आपत्ति परेको उदाहरण दिैदै भने, ‘नेपाः भ्यालीका जनताले ऐतिहासिक पृष्ठभूमिको आधारमा राष्ट्रिय पहिचानसहितको सङ्घीयताका विरोधी कम्युनिष्ट पार्टीलाई सत्तामा पुर्याए, अहिले त्यो भष्मासूर सावित भएको छ । तिनीहरूले नेवाःको मात्र नभई नेपालकै सभ्यता, संस्कृति र सम्पदालाई समाप्त गर्न अग्रसर भएको छ ।
पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई अबीर र खादा लगाएर स्वागत गर्दै उनले सबै नव प्रवेशीहरूलाई उचित जिम्मेवारी दिन अनुरोध गरे । उनले पार्टी विधानले एउटै गाउँपालिकामा पनि पालिका समिति, वडा समिति र प्रारम्भिक समिति गरी तीन तह हुने र जनसंगठन समेतमा आवद्ध गर्दा करिव हजार जना कार्यकर्ता सङ्गठीत हुन सक्ने बताए ।
सोनाम तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरू के.बि.घःजु, विद्युत वज्राचार्य, सोनाम सिं स्याङ्तान, ३ नम्बर प्रदेशका सदस्य रोज मोक्तान लगायतका नेताहरूले मन्तव्य राखेका थिए ।

सम्मुन्नत सङ्घीय समाजवाद- नेपाली समाज परिवर्तनको मौलिक सिद्धान्त

यहि शनीवार काठमाडौँको जोरपाटीमा पनि समाजवादी पार्टी, नेपालको सोलुखुम्बु काठमाडौँ सम्पर्क समितिले पार्टी एकीकरणको उपलक्ष्यमा कार्यकर्ता अभिमुखिकरण कार्यक्रमको आयोजना गरे । उक्त कार्यक्रममा कार्यबाहक अध्यक्ष श्रेष्ठले नेपाली समाज परिवर्तनको सिद्धान्तको रूपमा समाजवादी पार्टीले सम्मुनत सङ्घीय समाजवादलाई अंगीकार गरेको बताउँदै यो नेपालका श्रमजीवी वर्ग र उत्पीडित राष्ट्रियताहरूको मुक्तिको सिद्धान्त भएको बताए । उनले आफ्नो पार्टीले सङ्घीयता, सुशासन, समृद्धि र समाजवादलाई चार आधारभूत नीतिको रूपमा लिएको बताउँदै पहिचानसहितको सङ्घीयता र समतामूलक समृद्धिलाई केन्द्रविन्दूमा राखेर काम गर्ने बताए ।
जेठ १५ मा लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी  भर्नाका  लागि गरेको विज्ञापनमा आदिवासी जनजाति, मधेसी, थारु, शिल्पी र पिछडीएको क्षेत्रका जनताको समानुपातिक समावेशीको कोटा घटाएकोतर्फ लक्ष्यित गर्दै त्यो संविधानको धारा ४२.१ र प्रचलित कानुन विपरीत भएकाले खारेज गर्नुपर्ने बताए । उनले स्थानीय तहमा कर्मचारी भर्नाका लागि नेपालको संविधानले प्रदेश लोक सेवा आयोगलाई जिम्मेवारी दिएको बताउँदै प्रदेशभित्रका सबै स्थानीय तहका लागि प्रदेश कानुन बमोजम एकमुष्ट विज्ञापन गरी भर्ना गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न राज्यज्यजवस्था तथा सुशासन समितिले निर्देशन दिएको निर्देशन सही भएको समेत बताए ।
कार्यक्रममा पार्टीका महासचिव गंगा नारायण श्रेष्ठ, केन्द्रीय सदस्यहरू शिवजी यादव, दिल वहादुर नेपाली, आङ्काजी शेर्पा, लिला सिटौला, लाक्पा शेर्पा, रमेश खड्का, गंगा थापामगर, दान वहादुर नेपाली लागायतका नेताहरूले पनि मन्तव्य दिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *