Loading...
आरक्षण बचाऔँ आन्दोलन अन्तर्गत सात सङ्ठनले बुझाए महरा र नेम्बाङलाई ज्ञापनपत्र

आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रको संयुक्त संयन्त्र ‘आरक्षण बचाऔँ आन्दोलन’को तर्फबाट संघीय–संसदका सभामुख कृष्णबहादुर महरा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङलाई आइतबार सिंहदरबारमा संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
लोक सेवा आयोगको विज्ञापनले आरक्षणको व्यवस्थालाई बदनियतपूर्वक निस्तेज पार्न खोजिएको भन्दै ‘आरक्षण बचाऔँ आन्दोलन’ले छुट्टाछुट्टै भेटर ज्ञापनपत्र बुझाएका हुन् ।
लोक सेवा आयोगको विज्ञापन असमावेशी र संघर्षबाट स्थापित आरक्षण खारेज गर्न उद्दत भएको उनीहरूको ठहर ट । सरकारको विभेदकारी र त्रुटीपूर्ण निर्णय र आयोगको गैरसंवैधानिक र प्रचलित अभ्यासविरुद्धको विज्ञापन अविलम्ब रद्द गरेर आरक्षण सुनिश्चिततासहितको विज्ञापन पुनः प्रकाशित गर्नुपर्ने उनीहरूको माग रहेको छ ।
सरकार र आयोगद्वारा संविधान र प्रचलित कानूनमा व्यवस्था भएबमोजिम समानुपातिक समावेशी सिद्धान्तबमोजिम आरक्षणसहितको विज्ञापन पुनः नभएमा आन्दोलन सशक्त बनाउने उनीहरूले बताउँदै आएका छन् । आन्दोलनले असार ३ गते विहान ९ः३० बजेदेखि नै माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

हस्ताक्षरकर्ताहरूः
१) आदिवासी जनजातिको तर्फबाट
श्री गोबिन्द छन्त्याल उपाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ ।
२) दलितको तर्फबाट
श्री भक्त विश्वकर्मा, अध्यक्ष, दलित गैसस महासंघ ।
३) मधेसीको तर्फबाट
श्री सरोज राय, तराई–मधेस राष्ट्रिय परिषद् ।
४) मुस्लिमको तर्फबाट
श्री कौसर शाह
५) महिलाको तर्फबाट
श्री चम्पा कार्की
चिनीमाया माझी, अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ ।
६) अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट
श्री मित्रलाल शर्मा, अध्यक्ष, राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल ।
७) पिछडिएको क्षेत्रको तर्फबाट
श्री ललित बुढा मगर

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *