Loading...
प्रदेश २ प्रमुख कायस्थदवारा घडीअर्वा पोखरी परिसरमा सूर्य गंगा आरतीको जलापर्ण गरी उद्धघाटन

सूर्यगंगा आरतीको हिन्दु सांसकृतीको बिधि अनुसार पर्यटकीय स्थलका रुपमा परिचित घडीअर्वा पोखरी परिसरमा शुभआरम्भ भएको छ । सूर्य गंगा आरतीको उद्घघाटन आइतबार साँझ ७ बजे प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बृक्षमा जलापर्ण गरी उद्धघाटन गर्नु भएको हो् । गंगा आरती गर्नका निम्ती भारतको बनारसबाट दक्ष प्राप्तले आरती गराउने बारे १० दिनदेखि प्रशिक्षण गराइसकेको छ । दक्षता हासिल गरेका शशिकान्त मणी त्रिपाठीले नै सूर्य गंगा आरती गराउने प्रदेश नमबर २ उधोग महावाण्ज्यि संघ का अध्यक्ष अशोक वैद्यले बताए । अध्यक्ष अशोक वैद्यले सूर्य गंगा आरती परिवारले घडीअर्वा पोखरीमा हालका लागि साताको एक दिन हुन गइरहेको गंगा आरती सहितको पूजा अर्चनामा सहभागि सम्पुर्ण श्रद्धालुहरुलाई शुभकामना दिएका छन । भारतको बनारस र हरिद्वार, जनकपुरको गंगासागर जस्तै वीरगञ्जको घडीअर्वा पोखरी परिसरमा पनि हरेक साताको एक दिन गंगा आरती सहीतको पूजा अर्चना गरिने भएको छ । गंगा आरतीमा पर्सा, बाराका साथै सिमावर्ती भारतको रक्सौल र त्यस आसपासका स्थानीय पनि सहभाती हुने अपेक्षा रहेको छ । आपसी सहिष्णुता, धार्मिक सद्भाव, संस्कृतिको जगेर्ना र पर्यटन प्रबर्धनका लागि घडीअर्वा पोखरीमा सुरु गरिएको सुर्यगंगा आरतीले सकरात्मक भुमीका निर्वाह गर्नेमा आफुहरु विश्वस्त रहेको छ । संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको र प्रदेश २ का सरकारले प्रदेशको विकास निर्माण एवम् समृद्धिका लागि ४ वटा क्षेत्रहरु मध्ये एउटा पर्यटन क्षेत्र समेत रहेको विषयलाई दृष्टिगत गरी धार्मिक पर्यटनको प्रबद्र्धन गरी राष्ट्रिय एवम् प्रादेशिक संकल्पलाई मूर्त रुपदिन सूर्य गंगा आरती एउटा प्रयासको रुपमा सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ । वीरगञ्ज नगरको मुख्य भागमा अवस्थित सूर्य भगवानको मन्दिर समेत स्थापित रहेको घडीअर्वा पोखरी परिसरमा वीरगञ्ज महानगरपालिकाको संरक्षकत्वमा ११ सदस्यीय सूर्य गंगा आरती समिति गठन समेत गरिएको छ । कार्यक्रममा प्रदेश नमबर २ उधोग महावाण्ज्यि संघ का अध्यक्ष अशोक वैद्य, े प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ, भारतिय महावाण्ज्यि दुतावास बिरगंजका महावाण्ज्यि दुत बि.सि. प्रधान लगायतको उपस्थीती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *