
साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाहीको सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । प्रतिवेदन अध्ययन गर्दा दुई जनाको अवस्था गम्भीर खालकै छ भने तीन जनालाई स्पष्टीकरण सोधेर केही न केही गर्नुपर्ने देखिन्छ परिषद्का एक पदाधिकारीले अन्नपूर्णसँग भनेका छन् ।’
छानबिन प्रतिवेदनमाथि छलफलका लागि मंगलबार न्याय परिषद् बैठक बसेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निर्देशनअनुरूप पदाधिकारी बैठक डाकिएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
Facebook Comments