Loading...
३३ फिट अग्लो मञ्जुश्रीको मूर्ति तयार, मूर्तिको तौल सय टन, कामदारहरू किन बसे थुनामा ?

ढुङ्गा कुँद्न सुरु गरेको आठ वर्षपछि चोभारमा ३३ फिट अग्लो मञ्जुश्रीको ढुङ्गे मूर्ति तयार भएको छ । विसं २०६८ देखि कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा मञ्जुश्रीको मूर्ति बनाउने काम सुरु गरिएको थियो । मूर्ति निर्माणको नेतृत्व ललितपुरका कलाकार चन्द्रश्याम डङ्गोलले गरेका थिए । उहा संगै आठ कलाकारले आठ वर्ष निरन्तर कुँदेपछि अहिले यो मूर्ति तयार भएको हो । यो मूर्ति १३ वटा ढुङ्गा जोडेर बनाइएको छ । ३३ फिट अग्लो मूर्तिका लागि उपयुक्त हुने ठूलो ढुङ्गा उपलब्ध नभएका कारण टुक्रा जोडेर बनाइएको कलाकार डङ्गोलको भनाइ रहेको छ ।

उनका अनुसार यो मूर्तिको तौल एक सय टन छ । यो मूर्ति नेपालको सबैभन्दा अग्लो प्रस्तर मूर्ति भएको दाबी कलाकार डङ्गोल गर्छन् । फर्पिङबाट ढुङ्गा ल्याउन खोज्दा आफ्ना कामदारहरू थुनामा समेत बस्नुपरेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *