Loading...
रेशमलाई १४ किलोको सिक्रीले बाँध्ने पुलिसलाइ तत्काल कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

७ असार, काठमाडौं । वीर अस्पतालमा उपचाररत सांसद रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको फोटो सामाजिक संजाल मा भाइरल भएपछी प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताउनु भएको छ । अधिकारीले भन्नु भएको छ – “चौधरीको खुट्टामा कसले नेल लगाएको हो, उसलाई तत्काल कारवाही गर्न प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’

अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *