
प्रदेश न: २ को राजधानी जनकपुरमा सरसफाई अभियानी रूबी कुमारी झा तथा युवा सरसफाई अभियन्ता दिपक कुमार चौधरीको संयुक्त अगुवाईमा आज शानिवार २७ औं हफ्ता साप्ताहिक सरसफाई कार्यक्रम लाई निरन्तरता दिइयो।
कार्यक्रम अन्तर्गत मुख्यमन्त्री कार्यालय को मुख्य गेट लगायत मुख्य मंत्री कार्यालय परिसर भित्र सरसफाई गरियो, र रेलवे ट्रैक देखी कन्या स्कूल सम्म गरी समापन गरियो। कार्यक्रम मा सरसफाई अभियानी दिवाकर झा, गौरब गुप्ता,सुदीप मंडल,अमित,आदित्य ठाकुर,बिपिन झा महिला अभियाणी मोती झा,महालक्ष्मी तथा बाल अभियानी दक्ष झा लगायत स्टेशन प्रहरी चौकीको प्रमुखको कमाण्ड मा पूरा टीम सहित स्थानीय टोल बासीहरुको बिशेष सहभागिता थियो ।
Facebook Comments